काठमाडौं । त्रिभुवन विमानस्थलबाट विराटनगर उडान भर्न लागेको जहाजको प्रविधिमा समस्या देखिएपछि उडान स्थगित गरिएको छ ।
धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इण्डिकेटरमा समस्या देखाएपछि उडान स्थगित गरिएको हो ।
एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पूरा गरी धावनमार्ग नजिकै पुगेको थियो ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार इण्डिकेटरले जहाजमा समस्या रहेको देखाएपछि तत्काल उडान स्थगित गरिएको हो ।