Nepal Purbadhar

काम नगर्ने ९ निर्माण कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढ्यो


काठमाडौं। सहरी विकास तथा भवन निर्माण कार्यालय रुपन्देहीले काम नगर्ने ९ वटा निर्माण कम्पनीसँग ठेक्का तोड्ने भएको छ ।

कार्यालयले मंगलबार सूचना जारी गर्दै ९ वटा कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि काम नगरेको पाएका कारण ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

कार्यालयका अनुसार न्यु जगत्रादेवी निर्माण सेवा, इन्द्रधनु–शेरकाली जेभी, करबाही–गुण जेभी, भुसाल कन्स्ट्रक्सन एण्ड सप्लाइजले सडक तथा फुटपाथ निर्माणको काम अलपत्र पारेका छन्।

यस्तै, एएम–केएसके प्रवतिया जेभी, बन्शिखा निर्माण सेवा, नेशनल स्टेट बिल्डर्स, सहानी बिल्डर्स र सुनेहारी ड्रिलिङ एण्ड कन्स्ट्रक्सनले सडक र ड्रेनहरू निर्माण गर्ने काम वर्षौँदेखि अलपत्र पारिरहेका छन्।

यी निर्माण कम्पनीहरूले ठेक्का नतोड्नका लागि कुनै कारण भएमा पेस गर्न समेत कार्यालयको सूचनामा भनिएको छ ।


Read Previous

धार्मिक पर्यटन प्रवर्द्धनका लागि बागेश्वरीमा ‘महाआरती’

Read Next

वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइ नेपालको विकास हुँदैन : प्रधानमन्त्री दाहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar