Nepal Purbadhar

सडक स्तरोन्नति नहुँदा सास्ती


जाजरकोट । हिउँदयाममा मात्र सडकको पहुँचमा हुने कुशे गाउँपालिकामा निजी सवारीसाधनले निर्धारित भाडाभन्दा बढी असुल गरेको पाइएको छ । रातो प्लेटको यातायातका साधनले सार्वजानिक यातायातजस्तै गरेर भाडा असुलेर सञ्चालन गर्न नपाइने भए पनि सदरमुकामबाट कुशे आउने अधिकांश सवारीसाधन धेरै रकम उठाइरहेको सरोकारवालको गुनासो छ।

जाजरकोटबाट काठमाडौं गएको भन्दा बढी भाडा सदरमुकामबाट कुशे गाउँपालिकाको प्रशासकीय केन्द्र भाम्र आएको भाडा रहेको बताइएको छ । रातो प्लेटमा सञ्चालनमा रहेको निजी सवारीसाधनले यात्रुलाई राखेर जबर्जस्ती भाडा असुल गरिरहेको स्थानीय कर्णबहादुर थापाले गुनासो गरे। कुशे आवत जावत गर्न सास्ती हुने गरेको यात्रुको भनाइ छ।

पाँच यात्रु अट्ने गाडीमा २० यात्रु राखेर गाडी चलाएको प्रहरीले देखेपनि नियन्त्रणतर्फ ध्यान नदिएको उनले बताए।

गाउँपालिकाको केन्द्र जोड्ने सरुगाडमा पुल नहुँदा अर्को समस्या हुँदै आएको छ । साविकको पैँक, ढिक, खुर्पा, समाइलालगायतका ठाउँलाई पालिकासँग जोड्नका लागि सरुगाड पार गर्नुपर्ने हुन्छ । पालिका भार्म सरुगाडभन्दा पारिपट्टि छ । अर्छानी, टालेगाउँलगायतका ठाउँसमेत सरुगाडभन्दा पारिपट्टि छन् । हिउँदयाममा खोलाको पानी कम भए पनि वर्षायाममा यो बाटोमा यातायातका साधन खोलाकै कारण ठप्प हुँदै आएका छन् । गाउँपालिका स्थापना भएको पहिलो कार्यकाल पूरा भएर दोस्रो काल सुरु हुँदासम्म सडक र पुल निर्माणमा ध्यान नजाँदा सर्वसाधारणले हैरानी खेप्नुपरेको छ।

सबै पालिकाको मुकामका पक्की सडक निर्माण गर्ने संघीय सरकारको नीति रहेको छ । कुशेमा यातायातको साधन चढ्न निकै मुस्किलमात्र होइन, चुनौतीसमेत हुँदै गएको सर्वसाधारण बताउँछन् । छेडा–कुशे र खलङ्गा–कुशे सडक स्तरोन्नतिमा ध्यान नदिए बर्सेनि यहाँका नागरिकले दुःख पाउने क्रम नरोकिने सर्वसाधारण बताउँछन् ।

Facebook Comments

Read Previous

पर्यटकीयस्थल ‘छिल्लीकोट’ पुग्न धुलाम्मे सडक

Read Next

धार्मिक पर्यटन प्रवर्द्धनका लागि बागेश्वरीमा ‘महाआरती’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar