Nepal Purbadhar

अर्थमन्त्री पौडेल र युएसएआईडी प्रमुख पावरबीच भेटवार्ता


काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ । हिजो मंगलबार परराष्ट्रमन्त्री डा विमला राई पौड्याललाई भेटेकी उनले आज बुधबार अर्थमन्त्री पौडेललाई भेटेकी हुन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा उनले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध बिस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिएको मन्त्रालयले जनाएको छ ।

दुई दिने नेपाल भ्रमणमा मंगलबार काठमाडौं आइपुगेकी उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।

सामन्था आजै स्वदेश फर्किने छिन् । स्वदेश फर्किनुअघि आज साँझ ५ बजे उनले पत्रकार सम्मेलन गर्नेछिन्। अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आएकी थिइन्।


Read Previous

चुरे फेदमा फनपार्क निर्माण तीव्र

Read Next

कोसी राजमार्ग निर्माणको काम आधा सकियो