Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

कोसी राजमार्ग निर्माणको काम आधा सकियो


काठमाडौं । पूर्वी पहाडी जिल्लालाई तराई हुँदै संघीय राजधानीसँग जोड्ने कोसी राजमार्ग निर्माणको काम झन्डै आधा सकिएको छ। कतै कालोपत्र भइरहेको त कतै ट्र्याक खोल्न बाँकी सो राजमार्ग निर्माण औसतमा ५० प्रतिशत सकिएको हो।

सो करिडोरमा अहिलेसम्म ५७ किलोमिटर सडक ग्राभेल भएको आयोजनाले जनाएको छ। कालोपत्र गर्न चार ठेक्कामार्फत काम भइरहेको र तीनको अवधि अब दुई वर्ष रहेको उत्तर–दक्षिण करिडोर आयोजना निर्देशनालयका प्रमुख श्यामबहादुर खड्काले बताए। कूल ४९ किमी लम्बाइमा दोभानसम्म नाली बनाउने, पर्खाल लगाउनेलगायतका संरचनाको काम भइरहेको उनले बताए। उनले भने, ‘यस वर्ष संरचना बनिसकेपछि कालोपत्रका लागि प्रक्रिया अघि बढाइनेछ।’

पछिल्लो समयमा निर्माण कम्पनीले स्रोत बढाएर काम गरिरहेको उनले बताए। आयोजना आफैँले गर्नुपर्ने ठाउँमा ट्रयाक खोलिसकिएको र कडा चट्टान भएको खण्डमा सेनाले ट्रयाक खोलिरहेको आयोजनाका प्रमुख खड्काले बताए। किमाथांकाबाट तल खाँदबारीलाई शून्य मान्दा एक सय ३४ किमीदेखि देखि एक सय ४८ किमीसम्म काम सम्पन्न भइसकेको उनले बताए।

कडा चट्टान रहेको साढे १० किमी सडकमा सेनाले ट्रयाक खोल्ने काम गरिरहेको आयोजनाले जनाएको छ। ट्रयाक खोलेपछि सेनाले हस्तान्तरण गर्ने र त्यसपछि नै स्तरोन्नतिको काम हुने आयोजना प्रमुख खड्काले बताए। करिडोरको चौडाइ नौ मिटर रहेको छ। झन्डै सात मिटर कालोपत्र र त्यस बाहिर अरू संरचना निर्माण गरिने उनले बताए।

मङ्सिर अगाडिसम्म काम कम भए पनि अहिले स्रोत परिचालन राम्ररी भइरहेको प्रमुख खड्काले बताए। निर्माण कम्पनीले जनशक्ति र उपकरण दुवै बढाएको उनले जानकारी दिए। उनले भने, ‘बीचमा निर्माण सामग्रीको समस्या आए पनि अहिले त्यसको समाधान भइरहेको छ।’

बरुण र अरुण नदीको दोभानसम्मको सडक गाभ्रेल भइसकेको छ। दोभानदेखि माथि स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गरी ठेक्का लगाउन स्रोत सुनिश्चित गर्न फाइल अघि बढाइएको उनले बताए। उनले भने, ‘अब ८० किमीभन्दा माथि खण्डमा स्तरोन्नतिको काम अघि बढाइनेछ।’

बरुण र अरुण करिडोरमा विद्युत परियोजना निर्माण भइरहेकाले त्यहाँका लागि आवश्यक सामग्री ल्याउन भारी सामान बोकेका गाडी गुरिहेका र यसले गर्दा निर्माणाधीन सडकमा क्षति पुग्ने गरेको प्रमुख खड्काले बताए। सडक निर्माण सम्पन्न भएपछि सडकले क्षमताअनुसार भार थेग्न सक्ने भए पनि अहिले नै त्यो नसक्ने उनले बताए।

सडक निर्माण सम्पन्न गर्न विसं २०८१ सम्मको लक्ष्य लिइएकाले कामको गति बढाउँदा त्यो अवधिसम्म सकिने उनले बताए। अहिले ठेक्कामा गइसकेको खण्डमा काम सकिने र ठेक्का लगाउन बाँकी ठाउँमा केही बाँकी रहन सक्ने उनको भनाइ छ। आयोजनामा हालसम्म ८० किमी ग्राभेलमध्ये ४९ किमी कालोपत्र भएको छ। असी किमीदेखि एक सय ६२ किमीसम्मको खण्ड ठेक्कामा जान बाँकी रहेको प्रमुख खड्काले बताए।

करिडोरमा कुनै कुनै खण्डमा वर्षाको समयमा पहिरोको समस्या आइरहेको आयोजनाले जनाएको छ। विभिन्न स्थानमा पहिरोले गर्दा यातायात अवरुद्ध भइरहेको छ। आयोजनाअन्तर्गत जम्मा दुई पुल निर्माणाधीन, दुई सम्पन्न र चार ठेक्कामा जान बाँकी रहेको आयोजनाले जनाएको छ। चारमध्ये वरुण नदीमा झन्डै ७० मिटरको पुल निर्माणाधीन रहेको प्रमुख खड्काले बताए। बरुण नदीभन्दा माथि चार पुलको डिजाइन भएर ठेक्कामा जान बाँकी छ।

करिडोर सडकमा ट्रयाकसमेत पूरै खोलिनसकिएकाले सम्पन्न गर्ने अवधि बढाएर जानुपर्ने प्रमुख खड्काले बताए । राष्ट्रिय गौरवका अरू आयोजना जस्तै यसमा पनि बजेटको समस्या छैन। वार्षिक बजेट पर्याप्त नभएमा थप माग हुने र बहुबर्षिय ठेक्कामा लागि सहमति मागेर अघि बढाइने गरिएको उनले बताए।

विगत वर्षमा निर्माण अलि ढिला भएकामा आयोजना र योजना कार्यालयले निर्माण कम्पनीलाई पटक पटक ताकेता गरेर कामको गति बढाइरहेको उनले बताए। निर्माणको गति सुस्त रहेकामा अहिले कम्पनीसँग पटक पटक बैठक गरेर गति बढाउन लागिएको हो।

सो राजमार्गको निर्माण पाँच वर्ष पहिले सुरु भएको हो। उक्त आयोजनाको कोसी करिडोर नामाकरण भए पनि कोसी र तमोर नदीको किनारबाट निर्माण भइरहेको छ। दक्षिणमा भारतीय सीमादेखि उत्तरमा चीनको सीमासम्म जोड्ने सो राजमार्गले प्रदेश नं १ का कतिपय जिल्लालाई प्रत्यक्ष र कतिपयलाई अप्रत्यक्ष रूपमा लाभ दिनेछ। मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा र तेह्रथुमलाई प्रत्यक्ष रुपमा समेटे पनि सिंगो प्रदेश नै यसबाट लाभन्वित हुने अपेक्षा गरिएको छ। रासस


Read Previous

अर्थमन्त्री पौडेल र युएसएआईडी प्रमुख पावरबीच भेटवार्ता

Read Next

सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाबाट परीक्षण सुरु

Leave a Reply

Your email address will not be published.