Nepal Purbadhar

स्थानीय तहलाई अनुदान रकमसम्बन्धी विवरण पठाउन अर्थ मन्त्रालयको निर्देशन


काठमाडौं । देशभरका स्थानीय तहलाई अनुदान रकम सम्बन्धी विवरण उपलब्ध गराउन अर्थ मन्त्रालयले निर्देशन दिएको छ।

चालू आर्थिक वर्ष ०७९/८० मा स्थानीय तहबाट वितरण हुने वा भइसकेका अनुदान रकमको विवरण अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखामा पठाउन निर्देशन दिइएको हो।

अर्थ मन्त्रालयले सबै तहका सरकारले दिने अनुदानको विवरण तयार पार्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अर्‍हाएको थियो। सोही माग गरेबमोजिम सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई १० दिनभित्र अनुदान रकमसम्बन्धी विवरण पठाउन परिपत्र गरेको जनाएको छ ।

परिपत्र अनुसार स्थानीय तहहरूले अनुदान दिने निकाय, अनुदान रकम, अधिकतम र न्यूनतम अनुदान, अनुदान पाउने संस्था, अनुदानको प्रभावकारिता लगायतका विषयवस्तु समेटेर विवरण पठाउनु पर्नेछ ।

Facebook Comments

Read Previous

सूचना प्रविधिलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ : मन्त्री शर्मा

Read Next

नेपाल रेडक्रस सोसाइटीद्वारा ३० वटा एम्बुलेन्स हस्तान्तरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar