Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

निर्माण सामग्री सडकमै हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती


बागलुङ । जथाभावी सडकमा थुपारेको निर्माण सामग्रीले सवारी आवागमन र पैदल यात्रीलाई बाधा पुग्ने गरेको छ। सरकारी भवन बनाउँदा होस् वा व्यक्तिका घर बनाउँदा पनि निर्माण सामग्री बागलुङ बजारको सडकमै थुपार्ने गरिएको छ।

सडकमै सवारी साधनको पार्किङले पनि बागलुङ बजार अस्तव्यस्त बन्दै गएको छ। सदरमुकाममा रहेका कुनै पनि सरकारी कार्यालयभित्र सेवाग्राहीले पार्किङको सुविधा पाउँदैनन्। जिल्ला प्रशासन कार्यालयलगायत सबै कार्यालयमा काम गर्ने कर्मचारीको मात्रै सवारी साधन कार्यालय परिसरमा राखेपछि गेट बन्द गरिन्छ। कार्यालयले सेवाग्राहीका सवारी साधन पार्किङ गर्न अनुमति दिँदैनन्। यहाँका कार्यालयमा मानिस छिर्ने ठाउँ राखेर ढोका बन्द गर्ने चलन वर्षौदेखि छ।

सदरमुकाममा रहेका ठूला सप्लायर्सका ढुवानी गर्ने ट्रकले कार्यालय, विद्यालय समय हेर्दैनन्। सडक नै जाम हुनेगरी जुनकसुकै बेला बजार प्रवेश गर्छन्। साँघुरो सडक नै जाम हुनेगरी आउने ठूला ट्रकले अन्य सवारी आवागमनमा बाधा पुर्याउँदै आएका छन्। पार्किङस्थलको अभावमा सवारी साधन सडक छेउमै पार्किङ गर्नुपर्ने सर्वसाधारणको बाध्यता छ।

सहरोन्मुख दश पालिका मुकाममा ट्राफिक व्यवस्थापन चुनौती बन्दै गएको छ। जिम्मेवारी पाएको ट्राफिक प्रहरी कार्यालयसँग १५ जनाको मात्रै दरबन्दी छ। सदरमुकाम बागलुङ बजारकै बग्रेल्ती समस्या समाधानमा मात्रै आठ÷नौजना चाहिन्छन्। बाँकी जनशक्तिले जिल्लाका सबै क्षेत्रको ट्राफिक व्यवस्थापन गर्न कठिन भइरहेको ट्राफिक प्रहरी प्रमुख, वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर खड्काले बताए।

सदरमुकाम आउने रातो नम्बर प्लेटका सवारी साधनले यात्रु बोक्नेदेखि क्षमताभन्दा धेरै यात्रु बोक्ने समस्यामा प्रहरीको नजर पुगेको छ। ‘जिल्लामा पार्किङदेखि साँघुरा सडकको समस्या रहेछ, सबै समुदायको साथ नहुने हो भने ट्राफिकले मात्रै समस्या सुल्झाउन सक्दैन्,’ खड्का भन्छन्, ‘दुर्घटना भए ट्राफिकको कमजोरी देखिन्छ।’ दुर्घटना हुन नदिनका लागि सबैको भूमिका हुनुपर्ने उनले बताए।

दुर्घटनाको उद्धारका बेला प्रयोग हुने एम्बुलेन्सको भाडासमेत महँगो पर्दा त्यसको भार ट्राफिक प्रहरीको जिम्मामा आएको उनको भनाइ छ। सदरमुकामको ट्राफिक व्यवस्थापनका लागि यसअघि प्रहरी र बागलुङ नगरपालिकाले प्रयास गरेको भए पनि ती प्रयास सफल हुन सकेका छैनन्। ट्राफिकले एकतर्फी पार्किङ निषेधको व्यवस्थापन गरेर चार वर्षदेखि बजार व्यवस्थापनको प्रयास भने गरिरहेको छ।


Read Previous

झोलुंगे पुलका कारण त्रिवेणीमा बढे पर्यटक

Read Next

सडक आयोजनालाई कसरी दिगो बनाउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *