Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण


दमौली । तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण गर्ने भएको छ। नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको आठ कोठा भएको दुई तले भवन निर्माण हुन लागेको हो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेल श्रीपञ्चमीको दिन पारेर आज उक्त भवनको शिलान्यास गरेका छन्। भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच एक करोड ३८ लाख २४ हजार रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको आयोजना प्रमुख राजभाई शिल्पकारले जानकारी दिए। ठेक्का सम्झौता गत २५ पुसबाट कार्यान्वयनमा आएको छ। विद्यालय भवनको निर्माण १८ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

हालको विद्यालय भवन साँघुरो भएकाले नयाँ भवन निर्माण गर्न लागिएको हो। नयाँ भवन निर्माणपछि अध्ययन अध्यापनमा सहयोग पुग्ने प्रधानाध्यापक रामदत्त पौडेलको भनाइ छ।

जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ। आयोजनाले नाला तथा तटबन्धन, आमा समूहको भवन निर्माण, सडक बत्ती जडान, नदी नियन्त्रण लगायतका काम गर्दै आएको हो।


Read Previous

बागलुङमा औद्योगिक ग्राम निर्माण हुँदै

Read Next

विद्युत् मिटर जडान नहुँदा सिँचाइमा समस्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *