Nepal Purbadhar

कालीकोटमा विद्युत् सेवा अवरुद्ध


कालीकोट । कालीकोटमा विद्युत् सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका अनुसार भोल्टेज कम भएकाले कालीकोट जिल्लाभर मंगलबारदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।

विद्युतको भरमा रहेको जिल्लाका सञ्चारमाध्यम, टेलिफोन सेवा, सरकारी कार्यालयको कामसमेत प्रभावित भएको छ। यस्तै जुम्लामा राष्ट्रिय प्रसारण लाइन अवरुद्ध बनेको छ।

विद्युत् सेवा अवरुद्ध हुदाँ कालीकोटदेखि जुम्लासम्मकै स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन्। स्थानीयले विद्युत् सेवा सञ्चालनका लागि प्राधिकरणले ढिलासुस्ती गरेको बताएका छन्।


Read Previous

डिजिटल प्रविधिले सेवा प्रवाहमा सहज

Read Next

इ-सेवाबाट दैनिक एक रुपैयाँभन्दा सस्तोमा पूर्ण हेल्थ केयर खरिद गर्न सकिने