Nepal Purbadhar

इञ्जिनियर नाम दर्ता परीक्षा शुल्क अस्वभाविकः इञ्जिनियर्स एसोसिएसन बाग्मती प्रदेश


काठमाडौं । इञ्जिनियर्स एसोसिएसन बाग्मती प्रदेशले इञ्जिनियर नाम दर्ता परीक्षा शुल्क अस्वभाविक भएकाे भन्दै विराेध गरेकाे छ ।

चर्काे शुल्कले लाेककल्याणकारी राज्यकाे उपहास गरेकाे इञ्जिनियर्स एसोसिएसन बाग्मती प्रदेशका सभापति राेहिणी पाैडेलले बताए ।

प्रदेश कार्यालयले परीक्षा शुल्क अस्वभाविक भएकाे भन्दै नेपाल इञ्जिनियरिङ परिषद्काे ध्यानकर्षण पत्रसमेत बुझाएको छ ।

पत्रमा ‘कठिन परीक्षा तथा अन्य परिस्थितिहरूसँग संघर्ष पार गर्दै आफूलाई अब्बल सावित गरि दर्ता योग्यताका लागि विद्यमान ऐन मुताविकको परीक्षामा सामेल हुन तयार नागरिकको लागि चर्को शुल्कको मार थोपरेकाे छ’ उल्लेख छ ।

साथै सो परीक्षा पास गरिसक्दा समेत प्रमाणपत्र प्रदान गर्न बनेको निकायले नै थप अस्वभाविक शुल्क लिने कुरा लोकककल्यानकारी राज्यको उपहासजस्तो देखिएकाे एसोसिएसनकाे ठहर छ ।

इञ्जिनियर्सएसोसिएसन बाग्मती प्रदेशले छोटो समयका लागि सूचना निकाल्ने र पुनः त्यसभन्दा पछि शुल्क दोब्बर तिर्नुपर्ने व्यवस्था पनि गलत भएकाे उल्लेख गरेकाे छ । यसले राज्यका निकायहरू नै नागरिकको आर्थिक शोषणमा उद्यत जस्तो देखिएकाे प्रदेश कार्यालयकाे भनाइ छ ।

यसैले आफ्नो शैक्षिक योग्यता पूरा गरेका समस्त इन्जिनियर वर्गको तर्फबाट यस पक्रियालाई सहज बनाउन पछिल्लो समयमा जारी गरिएकाे शुल्क कम गरि परीक्षामा सामेल हुन पाउने दर्ता पक्रियालाई नियमित गराउन माग गरिएकाे छ ।

यसअघि नेपाल इञ्जिनियरिङ परिषद्ले बुधबार नाम दर्ता परीक्षाकाे लागि सूचना जारी गरेकाे थियाे । सूचनामा नाम दर्ता परीक्षाकाे लागि ३ हजार ५ सय रूपैयाँ शुल्क ताेकिएकाे छ ।

तोकिएको अन्तिम म्याद सकिएकाे ७ दिनसम्म दोब्बर शुल्क बुझाएर आवेदन फारम बुझाउन सकिने परिषद्ले जारी गरेकाे सूचनामा उल्लेख छ ।

Facebook Comments

Read Previous

मागअनुसार चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन भएन : महासंघ

Read Next

इन्टरनेट सेवाप्रदायकको लाइन काटिएकोमा क्यानकाे ध्यानाकर्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar