Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण    उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत    तनहुँकाे व्यासमा सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता    म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण    लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार   

शेयरधनीलाई ४ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गर्दै इन्फ्रास्ट्रक्चर बैंकको साधारण सभा सम्पन्न


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शेयरधनीहरुको सहभागिता सहित चौंथो वार्षिक साधारण सभा शनिबार दिन सम्पन्न गरेको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ कोे वित्तीय विवरणहरु सहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोडको ४.२१०५ प्रतिशतले हुने रकम ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ नगद लाभांस (लाभांस कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको प्रबन्धपत्र र नियमावलीमा समयसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।

स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालिन स्रोत संकलन गरी मुलुकको पूर्वाधारका परियोजनाहरुमा लगानिको पहुँच वृद्धि गर्ने उद्देश्यका साथ स्थापित यस बैंक हाल संचालनको चौँथो वर्षमा रहेको छ ।

आव २०७८/७९ सम्म आईपुग्दा बैंकले ३२ अर्ब ८९ को कर्जा स्वीकृत गर्दै १५ अर्ब ५८ करोड बरबरको कर्जा प्रवाह गरेको छ । सोही अवधिमा बैंकले १ अर्व २ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले मुलुकमा निर्माण हुने सबल तथा दीर्घकालीन पूर्वाधारहरुमा सफल अभ्यासहरु अंगाली सार्वजजिक तथा निजी क्षेत्रको सहकार्य र लगानी प्रवर्धन गर्ने विषयहरुलाई मुख्य आधारस्तम्भ बनाई चार वर्षे रणनीतिक योजना अनुरुप व्यवसायिक गतिविधिहरुलाई तिब्रता दिएको छ ।

अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवाल गरेका थिए । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु केदारनाथ शर्मा, चन्द्र प्रसाद ढकाल, लालमणि जोशी, शंकर प्रसाद अधिकारी,सुमन पोखरेल, लिमा अधिकारी आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा लगायतमने उपस्थिती थियो ।


Read Previous

सेजन र आइआइडिएस बीच आर्थिक अनुसन्धान तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने  समझदारी

Read Next

अन्तर्राष्ट्रिय सहायताको रु ३६ अर्ब ९० करोड शोधभर्ना हुन बाँकी

Leave a Reply

Your email address will not be published.