आइपीओ निष्कासन रोकिँदा ३० भन्दा बढी जलविद्युत आयोजना समस्यामा परे : अध्यक्ष कार्की
काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी जलविद्युत आयोजनाका प्रवर्द्धक कम्पनीकाे साधारण सेयर (आईपीओ) निष्कासनकाे प्रक्रिया नेपाल धिताेपत्र बाेर्ड (सेवन) मा पुगेर रोकिएको बताएका छन् ।