Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग

संयुक्त पश्चिम सेतीको जिम्मा लिएको दुई सातामै भारतीय कम्पनीद्वारा बिजुली बिक्रीका लागि समझदारी


काठमाडौं । १२ सय मेगावाटको संयुक्त पश्चिम सेती निर्माणका लागि लगानी बोर्डसँग समझदारी गरेको भारतीय कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी) लिमीटेडले भारतसँग बिजुली विक्रीका लागि समझदारी गरेको छ ।

२ भदौमा बोर्डसँग पश्चिम सेती आयोजना विकासका लागि समझदारी गरेको एचएपीसीले मंगलबार पावर ट्रेडिङ कम्पनी पीटीसी इन्डियासँग विक्रीका लागि समझदारीमा हस्ताक्षर गरेको हो ।

हरियाणाको फरीदाबादस्थित एनएचपीसी कर्पोरेट कार्यालयमा भएको समझदारीपत्रमा एनएचपीसीका सीएमडी एके सिंह र पीटीसी इन्डियाका सीएमडी राजीवकुमार मिश्रले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार, पीटीसीले भारत र छिमेकी देशहरूको लागि आयोजना व्यवसायिक सञ्चालनको मितिदेखि विद्युत खरिद गर्नेछ । पीटीसीले मध्यम वा छोटो अवधिको आधारमा वा पावर एक्सचेन्जहरूमा कुनै पनि अनटाइड क्षमता बेच्न प्रयास गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

लगानी बोर्डले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाट सेती नदी–६ लाई संयुक्त पश्चिमसेतीको रुपमा विकास गर्ने गरी एचपीसीसँग समझदारी गरेको थियो । नेपालसँग समझदारी भएको दुई सातामै बिजुली विक्रीका लागि समझदारी गरेको सो कम्पनीले भने दुई बर्षभित्र दुवै आयोजनाको अध्ययन सक्ने लक्ष्य लिएको छ ।

समझदारी अनुसार एनएचपिसीले पश्चिम सेती आयोजनाको अध्ययन अनुमतिपत्र ४५ दिनभित्र तथा सेती नदी–६ को अनुमतिपत्र लिन अबको ६ महिनाभित्रमा आवेदन दिनु पर्नेछ ।

लगानी बोर्डको गत साउन २३ गते बसेको ५२औं बैठकले यी आयोजना एनएचपिसीलाई निर्माण गर्न दिने निर्णय गरेको थियो । लगानी बोर्डले यी दुई जलविद्युत आयोजनाको २६२ मेगावाट (कूल जडित क्षमताको २१.९ प्रतिशत) विद्युत नेपालले निशुल्क प्राप्त गर्ने गरी भारतीय कम्पनीलाई निर्माण गर्न दिने निर्णय गरेको थियो ।

लगानी बोर्डका अनुसार, पश्चिम सेती निर्माण लागि १ खर्ब ६८ करोड रुपैयाँ र सेती नदी–६ निर्माण गर्दा १ खर्ब रुपैयाँ खर्च हुने अनुमान छ ।


Read Previous

मदन भण्डारी राजमार्ग निर्माण थालिएको ४ वर्षमा ३७ प्रतिशत प्रगति

Read Next

लक्ष्यभन्दा साढे ३ वर्ष ढिलो गरी दोर्दी खोलाबाट विद्युत उत्पादन,२७ मेगावाट प्रणालीमा थप

Leave a Reply

Your email address will not be published.