Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

मदन भण्डारी राजमार्ग निर्माण थालिएको ४ वर्षमा ३७ प्रतिशत प्रगति


काठमाडौं । सरकारको उच्च प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्ग निर्माण थालिएको ४ आर्थिक वर्षमा ३७ प्रतिशत प्रगति भएको छ । यस राजमार्गको कुल १ हजार ३९० किलोमिटर लम्बाई छ ।

तर, मदन भण्डारी राजमार्ग आयोजनाअन्तर्गत ७४० किलोमिटर सडक र १८५ पुल निर्माण पर्छ । बाँकी सडक भने सम्बन्धित डिभिजनले स्तरोन्नति गर्छ ।

आयोजना कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यस आयोजना कार्यालयले निर्माण गर्ने सडकमध्ये २५९ किलोमिटर भने कालोपत्रे सम्पन्न भइसकेको छ । त्यस्तै, १८५ पुल निर्माणमध्ये ९३ वटा पुल निर्माण पूरा भएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा ८९ किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै, ३९२ किलोमिटर सडक खण्डको भने सार्वजनिक खरिद प्रक्रिया नै शुरु भएको छैन । त्यस खण्डको चाडै ठेक्का व्यवस्थापन गर्ने आयोजना कार्यालयले जानकारी दिएको छ ।

तोकिएको समयमा सम्पन्न हुन कठिन

मदन भण्डारी राजमार्ग आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गर्ने सरकारको योजना छ । तर, अहिलेकै गतिमा काम हुने हो भने त्यो समयमा आयोजना पूरा हुने सम्भावना देखिदैन । किनकि अब म्याद सम्पन्न हुन ३ वर्षभन्दा कम समय छ ।

तर आयोजनाले ४ वर्षमा गरेको काम ५० प्रशितभन्दा न्यून छ । बाँकी रहेको काम ३ वर्षमा सम्पन्न गर्न काम गर्ने गतिलाई तिब्रता दिनुपर्नेछ । अझै आयोजनाको ६३ प्रतिशत काम सम्पन्न हुन बाँकी छ । आयोजनाको कुल लागत अनुमान ७५ अर्ब रुपैयाँ छ । त्यसमध्ये गत आर्थिक वर्षसम्ममा २७ अर्ब रुपैयाँ खर्च भएको छ ।

गत आबमा कति खच भयो ?

गत आर्थिक वर्ष सरकारले ६ अर्ब ३४ करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर, त्यसमध्ये ६ अर्ब १३ करोड २३ लाख रुपैयाँ खर्च भएको छ । यो कुल विनियोजनको ९६ दशकलव ६१ प्रतिशत हो ।

त्यस्तै, भौतिक प्रगति भने शतप्रतिशत भएको छ । आयोजना कार्यालयले १४ किलोमिटर कालोपत्रे गर्ने र १० वटा पुल निर्माण गर्ने वार्षिक लक्ष्य राखेको थियो । वर्षको अन्तमा २० किलोमिटर सडक कालोपत्रे भएको छ भने १६ किलोमिटर पुल निर्माण सम्पन्न भएको छ ।


Read Previous

दुई दशकमा निजी क्षेत्रले जलविद्युतमा मारेको छलाङ

Read Next

संयुक्त पश्चिम सेतीको जिम्मा लिएको दुई सातामै भारतीय कम्पनीद्वारा बिजुली बिक्रीका लागि समझदारी

Leave a Reply

Your email address will not be published.