Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

वन क्षेत्रमा पर्ने आयोजनालाई सहजीकरण गरिदिन वन मन्त्रीसँग इप्पानको ११ बुँदे माग


काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले वन क्षेत्रमा पर्ने जलविद्युत् आयोजनालाई सहजीकरण गरिदिन वन मन्त्रीलाई चिठी लेखेका छन् । ऊर्जा प्रवद्र्धकहरुले चिठीमा वन मन्त्री समक्ष ११ बुँदे माग प्रस्तुत गरेका छन् । जलविद्युत क्षेत्रलाई आर्थिक समृद्धि वाहकका रुपमा विकास गर्न जलविद्युत क्षेत्रमा रहेका वन तथा वातावरण सम्बन्धी मागहरु पेश गरिएको इप्पानका कार्यवाहक अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

इप्पानले वनमन्त्रीलाई प्रस्तुत गरेका माग यस्ता छनः

१) निकुन्जभित्र र संरक्षण क्षेत्रभित्र पर्ने जलबिद्युत आयोजनाहरुले राष्ट्रिय निकुन्ज तथा बन्य जन्तु बिभागमा आवश्यक सहमति लिन र इआइए/आइइइ गर्न वर्षौदेखि आवेदन दिएर स्वीकृतिको लागि बसेका छन् । त्यस्ता आयोजनाहरुलाई आवश्यक सहमति र इआइए/आइइइ को प्रक्रिया अघि बढाई तत्काल अध्ययन सहमति दिई इआइए/आइइइ को प्रक्रिया अघि बढाई हुन ।

२) इआइए/आइइइ गर्दाको समयमा रुख कटानी गर्ने समय सीमाभित्र केही कारणले रुख गन्तीमा त्रुटी वा रुख ढलेर रुखको संख्यामा कमी भएमा पुनः पुरक इआइए/आइइइ गर्ने बिद्यमान ब्यवस्थालाई परिमार्जन गरी रुख संख्या घटेको छ भने जिल्ला वन अधिकृत वा निकुन्ज कार्यालय वा आरक्षण क्षेत्र कार्यालय प्रमुखको सिफारिसमा स्वतः इआइए/आइइइ सच्याउने ब्यवस्था गरिदिन हुन र जलबिद्युत आयोजना निर्माण गर्न कम्तिमा ७/८ बर्ष लाग्ने हुदा इआइए/आइइइको समयसीमा नराखिदिन हुन र त्यसैगरी रुख संख्या बढेको भए जिल्ला बन अधिकृतको सिफारिसमा १५ दिनभित्र इआइए/आइइइ संशोधन गरी यथाशीध्र रुख कटानीको स्वीकृति प्रदान गर्ने ब्यवस्था गरिदिन हुन ।

३) राष्ट्रिय निकुञ्ज तथा आरक्षण क्षेत्रभित्र परेका आयोजनाहरुले जलविद्युतको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपश्चात राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागबाट पहिला सर्वेक्षण गर्न सहमती र सो पश्चात वातावरणीय अध्ययन गर्न स्विकृति लिनुपर्ने ब्यवस्था झन्झटिलो भएकोल सर्वेक्षण तथा वातावरण अध्ययन स्विकृति एकैपटक दिने व्यवस्था गरिदिन हुन ।

४) वातावरण अध्ययन स्वीकृत गर्ने प्रक्रिया ढिलो र झन्झटिलो रहेको छ । उक्त प्रक्रिया परिणाममुखी हुनु पर्नेमा प्रक्रियामुखी रहेको छ । एउटै फाईल पटक–पटक श्रीमान सचिवज्यूकोमा स्वीकृतीका लागि पेश गरिरहनु पर्ने हुदा निर्णय प्रकृया ढिलो भइरहको छ । शाखा प्रमुख अथवा महाशाखा प्रमुखलाई पनि जिम्मेवार बनाउदैं एकद्धार प्रणालीमा काम सम्पन्न गर्ने प्रणालीको विकास गरेर यो समस्याको हल गरिदिनु हुन ।

५) बन नियमावलीमा रहेको जलविद्युत् तथा प्रसारण लाईन आयोजनाहरुले उपयोग गर्ने बनको जग्गा प्राप्ती र सो जग्गामा रहेका रुख हटाउनको लागि मन्त्री परिषद्बाट स्विकृत भईसकेपछि सोही बराबरको जग्गा उपलब्ध नगराई रुख कटान गर्न नपाउने व्यवस्थाले आयोजना निर्माणमा ढिलाई भएकोले सो व्यवस्था हटाई २ वर्षभित्र जग्गा वा रकम उपलब्ध गराउने सम्झौता गरी रुख कटान र बनको जग्गा उपलब्ध गराउने ब्यवस्था गरिदिन हुन र कुनै आयोजनाले रकम नतिरेमा नेपाल विद्युत् प्राधिकरणालाई पत्र लेखी सिधै सो राजश्व असुल्ने ब्यवस्था गरिदिन हुन ।

६) राष्ट्रिय वन वा संरक्षित क्षेत्रभित्र निर्माण हुन ३३ केभी प्रसारणलाइनको राइट अफ वे को क्षतिपुर्ती दिनु नपर्ने ब्यवस्था गरिदिन हुन ।

७) जलविद्युत आयोजनाहरुले प्रयोग गर्ने वनको जग्गालाई स्थायी प्रयोग र अस्थायी प्रयोग भनी छुटयाइन्छ । यसरी छुट्याएको जग्गामध्ये स्थायी प्रयोग हुने जग्गाको सोधभर्ना दिने तर अस्थायी प्रयोग हुने जग्गाको सोधभर्ना नदिने व्यवस्था गरिदिन हुन ।

८) राष्ट्रिय वनमा भएको ब्यवस्था जस्तै, संरक्षित क्षेत्रको जग्गा प्रयोग गर्ने गरी बन्ने जलविद्युत आयोजनालाई जग्गाको सट्टा नगद तिर्न पाउने नियम बनाइदिन हुन ।

९) नयाँ बन नियमावीले बढाएको राजश्व बन क्षेत्रको पुनर्बिचार गरी घटाई दिन हुन र यस बारेमा ईप्पानको राय सल्लाह लिई दर निर्धारण गरिदिन हुन । साथै पटक–पटक करको दायरा नबढाई दिन हुन ।

१०. जलबिद्युत आयोजनाहरुले प्रयोग गर्ने बन क्षेत्र ३५ बर्षपछि सरकारकै हुने हुनाले पटक–पटक राजश्जको दायरा नबढाउने ब्यवस्था गरिदिन हुन र कार्यबिधि, निर्दैशिका जारी गर्दा इप्पानको राय सल्लाह लिने ब्यवस्था गर्नुका साथै सम्बन्धित तालिम, सेमिनार तथा गोष्ठीमा इप्पानको प्रतिनिधित्व हुने ब्यवस्था गरिदिन हुन ।

११. ऊर्जा मन्त्रालयको नयाँ नीति अनुसार आगामी दिनमा क्यु २५ मा डिजाईन गर्दा आयोजनाहरुको क्षमताको बृद्धि हुने हुदा बनिसकेका आयोजना वा निर्माणमा जान लागेका आयोजनाहरुले क्षमता बढाउँदा इआइए/आइइइमा उल्लेख भएको बन क्षेत्रभित्रै संरचना बन्ने भएमा पुरक इआइए/आइइइ गर्न नपर्ने र यसको जानकारी आयोजनाहरुले बन मन्त्रालयमा गराउँदा स्वतः स्वीकृति भएको मानिने ब्यवस्था गरिदिन हुन,


Read Previous

हवाई सेवा उदारीकरणको तीन दशकमा निजी सेवाकाे विस्तार,नीति कार्यान्वयनमा अझै सुधारकाे खाँचाे

Read Next

एनएमबि र बीआइआइ बीच साढे २ करोड डलर आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता

Leave a Reply

Your email address will not be published.