Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

३३ सय मेगावाटका विद्युत आयोजना निर्माणाधीन,चालू वर्ष ८ सय मेगावाट ग्रिडमा आउने


काठमाडौं । अहिले नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रको लगानीमा करिब ३३ सय मेगावाटका विद्युत आयोजना निर्माणाधीन छन् । अबको ३ वर्षभित्र सम्पन्न भइसक्ने लक्ष्यसहित विभिन्न जिल्लामा यी जलविद्युत तथा सौर्य विद्युत आयोजना निर्माण भइरहेका हुन् ।

प्राधिकरणका सहभायक कम्पनीहरूमार्फत ४४७.३ मेगावाटका ४ जलविद्युत आयोजना निर्माणाधीन छन् । सहायक कम्पनीमार्फत १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको साञ्जेन गरी ४ जलविद्युत आयोजना निर्माणाधीन छन् ।

सन् २०१४ बाटै निर्माणमा गएका यी आयोजना सम्पन्न भई प्रसारण प्रणालीमा आइसक्नु पर्ने थियो । तर, विविध कारणले आयोजनाको निर्माण लम्बिँदा यी आयोजना अहिलेसम्म प्रणालीमा आउन सकेका छैनन् । निर्माण अन्तिम चरणमा पुगेका यी आयोजना चालू आर्थिक वर्षभित्र सम्पन्न भई प्रसारण प्रणालीमा जोडिने सम्भावना छ ।

निजी क्षेत्रले कूल २८ सय ३३ मेगावाट बढीका आयोजना निर्माण गरिरहेको छ । जसमा २७७५.७८८ मेगावाटका जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको प्राधिकरण विद्युत व्यापार विभागले जनाएको छ । विभागका अनुसार ५७.८ मेगावाटका सौर्य विद्युत आयोजना निजी क्षेत्रले विभिन्न जिल्लामा निर्माण गरिरहेको छ ।

निजी क्षेत्रले अघि बढाएका १२५ जलविद्युत र १० वटा सौर्य विद्युत आयोजना निर्माणाधीन छन् । अहिले निर्माणमा रहेकामध्ये ८ सय मेगावाटका विद्युत आयोजना चालू आर्थिक वर्ष (२०७९/८०) भित्र सम्पन्न हुँदैछन् ।

यो वर्ष रसुवागढी, माथिल्लो सान्जेन र सान्जेनसँगै सोलु कोरिडोरमा निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु, ८६ मेगावाटको सोलु दूधकोसी, ४४ मेगावाटको सुपर मादी, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २७ मेगावाटको दोर्दी खोला आयोजना सम्पन्न हुँदैछन् । २८.१ मेगावाटको तल्लो लिखु, कालंका मेसिनमा निर्माणाधीन ६४ मेगावाटका ३ सहितका आयोजनाले विद्युत उत्पादन सुरु गर्ने पछिल्लो तालिका रहेको प्राधिकरणले जनाएको छ ।

अहिले निजी क्षेत्रले लगानी गरेका १२२ जलविद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन् । ८ सौर्य विद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् ।प्राधिकरणको सहायक कम्पनीले निर्माण गरेका ४५६ मेगावाटको माथिल्लो तामाकोसी र चिलिमेको २२ मेगावाट गरी कूल ४७८ मेगावाट विद्युत प्रणालीमा छ ।


Read Previous

प्राधिकरणले सशस्त्रसँगको सहकार्यमा १७ चार्जिङ स्टेसन बनाउने,विद्युतीय चुलो उपयाेग गर्न समझदारी 

Read Next

ढिलोमात्र होइन, तोकिएकाे तालिकाभन्दा अघि  पनि सम्पन्न भएका छन् पूर्वाधार परियोजनाहरू

Leave a Reply

Your email address will not be published.