Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

ग्रिन क्लाइमेट फण्डमा निजी क्षेत्रको पहुँच बढाउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु परिवर्तनको असर कम गर्न ग्रिन क्लाइमेट फण्डमा निजी क्षेत्रको पहुँच बढाई जलविद्युत आयोजना विकास तथा प्रसारण लाइन निर्माण गर्न सहजीकरण गर्नुपर्ने बताउएका छन् ।

उनले अहिले विश्वले सामना गरिरहेको सबैभन्दा ठूलो समस्याको रुपमा देखिएको जलवायु परिवर्तनको असरलाई कम गर्न ग्रिन क्लाइमेट फण्डमार्फत जलविद्युत आयोजना तथा प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहुलियतपूर्ण लगानी जुटाउन सहयोग गर्नुपर्नेमा जाेड दिए ।

मंगलबारदेखि थाइल्याण्डकाे राजधानी बैंककमा संयुक्त राष्ट्र संघद्वारा आयोजित ४ दिने राष्ट्रिय कार्यशालाअन्तर्गत जलवायु परिवर्तन र एलडीसी ग्राजुएसनसम्बन्धी प्राविधिक सत्रमा निजी क्षेत्रको तर्फबाट सम्बोधनकाे क्रममा ढकालले सहुलियतपूर्ण  लगानीमा जाेड दिएका हुन् ।

ढकालले नेपालको जलविद्युत उत्पादन बढाउदै अन्तरदेशीय प्रसारण लाइन निर्माण गरी नेपालदेखि बंगलादेशसम्म जलविद्युत निर्यातको काम भइरहेको बताए ।  यसलाई थप विस्तार गर्दै दक्षिण एशियाभर विस्तार गर्न सकिनेमा जाेड दिए ।

‘हामीले अहिले नेपालको जलविद्युतलाई क्रसबोर्डर प्रसारण लाइन निर्माण गरी भारत र बंगलादेशसम्म निर्यात गरिरहेका छौं । ग्रिन क्लाइमेट फण्डमा निजी क्षेत्रको पहुँचलाई थप सहजीकरण गर्दै लगानी जुटाउन सकेमा यसलाई थप विकास र विस्तार गरी दक्षिण एशियामा समेत विस्तार गर्न सकिन्छ’ उनले भने ।
नविन प्रविधिको विकास तथा विस्तारमा निजी क्षेत्रको अहम् भूमिका रहने बताउदै ढकालले सहुलियत दरमा कोषबाट लगानी उपलब्ध गराउन सकेमा यसलाई सदुपयोग गर्दै जलवायु परिवर्तन समस्याको समाधान निकाल्न निजी क्षेत्र सक्षम रहेको समेत उल्लेख गरे ।
उनले जलविद्युत आयोजनाको विकास तथा प्रसारण लाइनको निर्माणबाट साना तथा मझौला व्यवसायले फाइदा लिन सक्ने बताए । अहिले साना तथा मझौला व्यवसायहरु जलवायु परिवर्तनको मारमा परेका छन् । ‘ग्रिन क्लाइमेट फण्डलाई सहुलियत रुपमा जलविद्युत आयोजनाको विकास तथा प्रसारण लाइन निर्माणमा प्रयोग गर्न सकेमा यसबाट जलवायु परिवर्तनको असर कम गर्दै ती साना तथा मझौला व्यवसायलाई पनि संरक्षण गर्न सकिन्छ’ उनले भने ।
वरिष्ठ उपाध्यक्ष ग्रीन क्लाइमेट फण्डमा निजी क्षेत्रको पहुँच पुर्‍याउन सकेमा जलविद्युत उत्पादन तथा प्रसारण लाइनमात्र नभई यसबाट आन्तरिक रुपमा विद्युतको प्रयोगबाट सञ्चालन गर्न सकिनछ । यसले केबलकार तथा अन्य वातावरणमैत्री उद्योग व्यवसायको सञ्चालन र विकास गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
जलवायु परिवर्तन विश्वको ठूलो चुनौती बन्दै गरेको अवस्थामा निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न् संयुक्त राष्ट्र संघ, सरकार तथा अन्य गैर सरकारी संघसंस्थाहरुलाई आग्रह गरे ।
कार्यशालामा नेपालको तर्फबाट राष्ट्रिय योजना आयोगका सचिब केबलप्रसाद भण्डारीको नेतृत्वमा नेपाल सरकार, निजी क्षेत्र तथा विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

Read Previous

जीएमआरको पीएसए एक महिनाभित्र, नवीकरणीय ऊर्जामा सहकार्य

Read Next

भारतका सडक यातायात राज्यमन्त्री जनरल सिंहलाई पूर्वाधार सम्मेलनमा सहभागी हुन निमन्त्रणा

Leave a Reply

Your email address will not be published.