काठमाडौं । नेपाल विद्युत प्राधिकरणले साढे ३ दर्जन उच्च क्षमताका विद्युत प्रसारण लाइन आयोजना निर्माणमा लैजाँदैछ । प्राधिकरणले प्रसारण तथा वितरण प्रणालीको गुणस्तर सुधार गर्ने एवं आफ्ना र निजी क्षेत्रले निर्माण गर्ने जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने उद्देश्यले ४२ वटा प्रसारण लाइन आयोजना निर्माणको प्रस्ताव गरेको हो ।
विभिन्न जिल्लामा निर्माण प्रस्ताव गरिएका यी प्रसारण लाइन आयोजना ४०० केभी, २२० केभी र १३२ केभी क्षमताका भएको प्राधिकरणले जनाएको छ । प्रसारण निर्देशनालय र आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत अघि बढ्न लागेका यी प्रसारण लाइन सम्पन्न हुँदा ४ हजार ७ सय ३१ सर्किट किलोमिटर बराबरको प्रसारण संरचना तयार हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार प्रसारण निर्देशनालय अन्तर्गत २८ प्रसारण लाइन आयोजना निर्माणमा जाँदैछन् । प्रसारण निर्देशनालय अन्तर्गत अघि बढ्न लागेका यी प्रसारण लाइन आयोजना २४ सय ९१ सर्किट किलोमिटर बराबरको छ ।
यी मध्ये ४०० केभी क्षमताका प्रसारण लाइन आयोजना ६ वटा छन् । ४०० केभी उच्च क्षमताका प्रसारण लाइन आयोजनाको कूल लम्बाई १ हजार ९० सर्किट किलोमिटर छ ।
यस्तै, प्रसारण निर्देशनालय अन्तर्गत नै २२० केभी क्षमताका ४ वटा प्रसारण लाइन निर्माणको प्रस्ताव गरिएको छ । यी प्रसारण लाइन आयोजना २५१ सर्किट किलोमिटरका छन् । सबैभन्दा बढी १३२ केभी क्षमताका १८ वटा प्रसारण लाइन आयोजना निर्माणमा जाने तयारी अवस्थामा रहेको प्राधिकरणले जानकारी दिएको छ । १३२ केभी क्षमताका यी प्रसारण लाइन आयोजनाको कूल लम्बाई ११ सय ५० सर्किट किलोमिटर छ ।
आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत पनि २४ सय ४० सर्किट किलोमिटरका १४ प्रसारण लाइन आयोजना निर्माणमा जाँदैछन् । जसमा ४०० केभी क्षमताका ९ प्रसारण लाइन आयोजना निर्माणका लागि प्रस्ताव गरिएको छ । यी प्रसारण लाइन आयोजना १ हजार ९ सय २० सर्किट किलोमिटर लम्बाईका छन् ।
यस्तै, १३२ केभी क्षमताका ५ प्रसारण लाइन आयोजना यो निर्देशनालयले अगाडि बढाउँदैछ । यी प्रसारण लाइन आयोजनाको लम्बाई ३२० सर्किट किलोमिटर रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार दुवै निर्देशनालय अन्तर्गत निर्माण प्रस्ताव गरिएका यी प्रसारण लाइन आयोजना अहिले अध्ययनको विभिन्न चरणमा छन् ।
प्रसारण निर्देशनालय | ||
४०० केभी प्रसारण लाइन | सर्किट किलोमिटर | |
१. | केरुङ–चिलिमे हब–रातमाटे | १४० |
२. | भेरी कोरिडोर | ५० |
३. | अरुण–इनरुवा–अनारमनी | ४६० |
४. | अरुण–दूधकाेसी–तिङ्ला | २३० |
५. | दूधकाेसी–ढल्केबर | १७० |
६. | न्यू बुटवल–गाेरखपुर | ४० |
२२० केभी प्रसारण लाइन | ||
१. | गल्छी–रातमाटे | ३४ |
२. | लेखनाथ–दमाैली | ९० |
३. | धाैवडी फलाम उद्येग | २१ |
स्राेतः नेपाल विद्युत प्राधिकरण
आयोजना व्यवस्थापन निर्देशनालय | ||
४०० केभी प्रसारण लाइन | सर्किट किलोमिटर | |
१. | निजगढ–हेटाैंडा | १५० |
२. | न्यू बुटवल–लमही | ३०० |
३. | लमही–न्यू काेहलपुर | १८० |
४. | न्यू काेहलपुर–दाेधारा | १९० |
५. | दाेधारा–न्यू अत्तरिया | १८० |
६. | तिङ्ला हब–लिखु हब–न्यू खिम्ती | ११० |
७. | न्यू खिम्ती–तामाकाेसी–३–सुनकाेसी हब–ढल्केबर | २२० |
१. | बूढीगण्डकी काेरिडेर | १९० |
२. | दमाेली–कुस्मा–बुर्तिबाङ–बफिकाेट | ४०० |
३. | धाैवडी फलाम उद्येग | २१ |
१३२ केभी प्रसारण लाइन | ||
१. | छिन्चु–सुर्खेत | ५० |
२. | दैलेख–कालीकाेट–जुम्ला | १५० |
३. | लामाेसाँघु–रामेछाप | ८० |
४. | चाेभार–लगनखेल | १० |
५ | काेहलपुर–नेपालगन्ज | २० |
स्राेतः नेपाल विद्युत प्राधिकरण