Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण    उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत    तनहुँकाे व्यासमा सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता    म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण    लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन

घण्टी बजाएर स्टार्टअप राष्ट्र २०२२ को घोपणापत्र सार्वजनिक


काठमाडौ । घण्टी बजाएर स्टार्टअप राष्ट्र २०२२ को घोपणापत्रको सार्वजनिक गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र स्टार्टअप इनोभेसन समिति, पुम नेदरल्याण्ड, इसिमोडल र अन्तरप्रेरणाा कम्पनी लिमीटेडद्धारा सोमबार नेपालमा व्यापार इन्कुभेटर २०२२ को स्थापनाका लागि सोमबार आयोजित सम्मेलनमा घण्टी बजाएर सो सार्वजनिक गरिएको हो ।

सन् २०३० भित्र एक लाख रोजगरी सिर्जना गर्ने उद्देश्यसहित आयोजित सम्मेलनमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र बडु र मन्त्रालयका सह–सचिव नारायण दवाडी, वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पुम अन्र्तराष्ट्रियका इन्कुभेटरका बरिष्ठ संयोजक सीज स्कोमार्कर, इसिमोडका क्षेत्रीय कार्यक्रम प्रबन्धक नन्दकिशोर अग्रवाल र अन्तरप्रेरणाका अध्यक्ष ओमराज भण्डारीले घण्टी बजाएर सो घोषणापत्रको शुभारम्भ भएको जनाऊ दिएका थिए ।

घोषणापत्रले उद्यमशिलता वृद्धि र प्रविधिको स्तरोउन्नतिका लागि नीतिगत व्यवस्था गर्ने, नेपाललाई स्टार्टअप देश निर्माणका लागि उचित वातावरण निर्माण गर्ने लगायतमा जोड दिएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री बडुले उद्यमी र उत्पादनशिलता वृद्धिमा सरकारले प्रोत्साहन गर्ने बताउँदै सात वटै प्रदेशमा यसको विकासका लागि बजेट बिनियोजन गरिएको जानकारी दिए । स्टार्टअपका लागि निजी क्षेत्रनै अघि बढ्नुपर्ने बताउँदै सरकारले यसका लागि गाउँदेखि शहरसम्म उद्यमीलाई सक्षम बनाउनका लागि सरकारले प्रयत्नशिल रहने बताए ।

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सह–सचिव नारायण दुवाडीले क्षमता, वित्तिय व्यवस्थापन र प्रविधिको उपयोगमा ठूलो अन्तर रहेको बताउँदै यसलाई पुर्ण गराउनका लागि नीति र कार्यान्वयन दुवै पक्षलाई बलियो बनाउनुपर्ने बताए ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले ५० स्टार्टअप बिजनेश र ५० लगानीकर्तामार्फत मात्र उद्यमशिलताको विकास गर्न लागिएको बताउँदै सात वटा इकुभेन्टर स्थापना र सञ्चालनले यसमा धेरै सहयोग गर्ने बताए । देशभित्र उद्यमशिलता विकास गर्न नसकिए विदेशिने युवा नरनेकिने र नेपालको भविष्य अन्धकारतर्फ उन्मुख हुने बताए ।

इसिमोडका क्षेत्रीय प्रबन्धक अग्रवालले भारतमा सन् २०१६ अघि पाँचभन्दा कम स्टार्टअप बिजनेश रहेकोमा अहिले बढेर ७३ हजार पुगेको बताउँदै इसिमोडले हरित हिमालय अर्थतन्त्र विकासमा जोड दिएको बताए ।


Read Previous

सेनासँग फास्ट ट्र्याक तोकिएको समयमा सम्पन्न गर्ने विश्वसनीय कार्यतालिका माग

Read Next

मौद्रिक नीतिले थप तरलता अभाव सिर्जना गर्ने महासंघको भनाइ, पूवार्धार याेजना निर्माण प्रभावित हुने

Leave a Reply

Your email address will not be published.