Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

भारतले सौर्य विद्युतको जडित क्षमता साढे ५७ हजार मेगावाट पुर्यायो


काठमाडौं । कोइलामा आधारित थर्मल प्लान्ट माथिको निर्भरता कम गर्न लागिरहेको भारतले सौर्य ऊर्जाको स्रोतबाट उत्पादन हुने विद्युतको जडित क्षमता साढे ५७ हजार मेगावाट पुर्याएको छ । गत जुन ३० तारिकसम्मको अवधिमा सौर्य ऊर्जा प्रविधिबाट उत्पादित विद्युतको जडित क्षमता यति पुगेको हो ।

६ हजार मेगावाट रुफटपसहित सौर्य विद्युतको जडित क्षमता ५७ हजार ७ सय ५ मेगावाट पुगेको भारत सरकारका नवीकरणीय ऊर्जा मन्त्री भागवन्त खुबाले लोकसभा बैंठकलाई सम्बोधन गर्ने क्रममा जानकारी गराएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनले वायु ऊर्जाको स्रोतबाट उत्पादन हुने विद्युतको जडित क्षमता पनि ४० हजार ७ सय ८८ मेगावाट पुगिसकेको बताए ।

सन् २०२२ को अन्त्यसम्ममा नवीकरणीय ऊर्जाको स्रोतबाट उत्पादन हुने विद्युतको जडित क्षमता १ लाख ७५ हजार मेगावाट पुर्याउने भारतको लक्ष्य छ । जसमा १ लाख मेगावाट सौर्य विद्युत र ६० हजार मेगावाट विद्युत वायु ऊर्जाका आयोजनाबाट उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

अहिलेसम्ममा ठूला जलविद्युत आयोजना बाहेक नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन हुने विद्युतको जडित क्षमता १ लाख १४ हजार मेगावाट पुगिसकेको पनि उनले बताए । ‘जलविद्युत सहित नवीकरणीय ऊर्जाको स्रोतको उपयोगबाट हुने विद्युत उत्पादन परिमाण बढ्दै गइरहेको छ’, उनले भने, ‘आर्थिक वर्ष २०१७-१८ सम्ममा नवीकरणीय ऊर्जाको स्रोतबाट वार्षिक विद्युत उत्पादन २२७.९६ अर्ब युनिट थियो ।

अहिले यो बढेर ३२२.५३ अर्ब पुगेको छ ।’ उनले चालू वर्षको लक्ष्य बमोजिम १ लाख १४ हजार मेगावाट (ठूला जलविद्युत आयोजना बाहेक) को लक्ष्य पूरा भइसकेको बताए । भारत बढी विद्युत खपत गर्ने तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने विश्वको तेस्रो ठूलो मुलुक हो । भारतको विद्युत प्रसारण प्रणालीमा करिब ४० प्रतिशत हिस्सा नवीरकणीय ऊर्जाको रहेको छ ।

कार्बन उत्सर्जन न्युनिकरण गर्न नवीकरणीय नवीकरणीय ऊर्जाकाे उत्पादन बढाउनु पर्ने चुनाैती भारत सामु छ । कार्बन उत्सर्जन क्रमशः घटाउँदै लैजान सन् २०३० भित्र नवीकरणीय ऊर्जाकाे स्राेतबाट उत्पादन हुने विद्युतकाे जडित क्षमता साढे ४ लाख मेगावाट पुर्याउने लक्ष्य छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद


Read Previous

हालै जारी वन नियमावलीको व्यवस्थाले सिमेण्टको मूल्य बढ्ने, खारेजीको माग

Read Next

जलविद्युत आयोजनाबाट २ अर्ब ८३ करोड रुपैयाँ रोयल्टी उठ्याे

Leave a Reply

Your email address will not be published.