Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

जलविद्युत आयोजनाकाे २४ करोड ८७ लाख रुपैयाँ रोयल्टी उठेन


काठमाडौं । सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका जलविद्युत आयोजनाको २४ करोड ८७ लाख ६ हजार रुपैयाँ रोयल्टी उठाउन नसकेको महालेखा परीक्षकको कार्यालयले ठहर गरेको छ । महालेखाले बुधबार (असार २९) गते सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा जलविद्युत आयोजनाले तिर्ने रोयल्टी रकम उठ्न बाँकी देखाइएको हो ।

सञ्चालनमा रहेका जलविद्युत आयोजनाले विद्युत विकास विभागलाई समयमै रोयल्टी नतिरेका कारण ठूलो रकम उठ्न बाँकी देखिएको महालेखाको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ सम्ममा जलविद्युतबाट २ अर्ब ८२ करोड ६८ लाख ६८ हजार रुपैयाँ बराबरको रोयल्टी उठेको छ ।

यो अवधिमा कूल १०२ जलविद्युत आयोजनाका प्रवद्र्धक कम्पनीबाट ३ अर्ब ७ करोड ५५ लाख ७४ हजार रुपैयाँ रोयल्टी प्राप्त हुनुपर्ने देखिन्छ । तर, केही जलविद्युत आयोजनाले तिर्नु पर्ने रकम नतिरेपछि रोयल्टी बक्यौता बाँकी देखिएको हो ।

महालेखाले जलविद्युतको बाँकी रोयल्टी रकम समयमै असुल गर्न विभागलाई निर्देशन समेत दिएको छ । विद्युत ऐन २०४९ को दफा ११ मा भएको व्यवस्था बमोजिम अनुमति प्राप्त जलविद्युत आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको १५ वर्षसम्म जडित क्षमताको प्रतिकिलोवाट १ सय रुपैयाँ र प्रतियुनिट (किलोवाट घन्टा) सरदर बिक्री मूल्यको २ प्रतिशतका दरले सरकारलाई रोयल्टी बुझाउनु पर्छ ।

अहिले सरकारलाई रोयल्टी रकम तिर्ने विद्युत आयोजनाको संख्या १३३ पुगिसकेको छ । विद्युत उत्पादन अवधिको १५ वर्ष पूरा भइसकेपछि जलविद्युत आयोजनाले प्रतिजडित किलोवाट वार्षिक १ हजार रुपैयाँ र प्रतियुनिट (किलोवाट घन्टा ) औसत बिक्री मूल्यको १० प्रतिशत रोयल्टी रकम सरकारलाई बुझाउनु पर्ने व्यवस्था छ ।

रोयल्टी बापत उठेको रकम केन्द्र सरकार, जलविद्युत आयोजनाको सम्बन्धित जिल्ला तथा स्थानीय तहमा वितरण हुने गर्दछ । स्थानीय स्तरमा जलविद्युत आयोजना निर्माण हुँदा स्थानीयबासी तथा सम्बन्धित जिल्लाको विकासमा योगदान पुग्ने गर्दछ ।

यस्तै, विद्युत विकास विभागले विद्युत ऐन २०४९ को दफा १२ र विद्युत विकास नीति तथा निर्देशिका बमोजिम निर्माणाधीन जलविद्युत आयोजनाको हकमा विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध गराउन सिफारिस गरेको पनि प्रतिवेदनमा उल्लेख छ । विभागले ७ जलविद्युत कम्पनीलाई ५९ लाख २३ हजार ८५ अमेरिकी डलर, ३ कम्पनीलाई ६६ हजार १८२ युरो, १४ कम्पनीलाई ४ करोड २२ लाख ६७ हजार ५१२ भारतिय रुपैयाँ सहित विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध गराउन सिफारिस गरेको छ ।

विभागले ४१ कम्नीको ७ करोड ६३ लाख ४६ हजार ७२८ अमेरिकी डलर, १८ कम्पनीको १ करोड २० लाख ७ हजार ७८० युरो, ७६ कम्पनस्को ३ अर्ब ९५ करोड ५० लाख ९७३ भातीय रुपैयाँ र २ कम्पनीको जापानी येन ६ करोड ९८ लाख १२ हजार ७ सय ५८ भन्सार महसुल र मूल्य अभिवृद्धि कर छुट दिन सिफारिस गरेको प्रतिवेदनमा जनाइएको छ ।


Read Previous

बजेटमा पूर्वाधार आयोजना घोषणा गरेर काम नगर्नेलाई महालेखाको प्रश्न

Read Next

कुलमानले सफलताको कथा सुनाउँदै भनेः ‘खाली खुट्टा आएर यही स्कूल पढेको हुँ ।’

Leave a Reply

Your email address will not be published.