Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

मापदण्ड पूरा नगरेको भन्दै प्राधिकरणद्वारा अन्तरदेशीय बजारमा विद्युत बिक्री गर्न आह्वान गरेको बोलपत्र रद्द


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपालको विद्युत खरिद गरी अन्तरदेशीय बजारमा बिक्री गर्न आह्वान गरेको बोलपत्र रद्द गरेको छ । प्राधिकरणले बोलपत्र पेश गर्ने भारतीय कम्पनीले तोकिएको मापदण्ड पूरा गर्न नसकेको कारण देखाई बोलपत्र रद्द गरेको हो ।

योजना अनुगमन तथा प्रविधि निर्देशनालय अन्तर्गतको विद्युत व्यापार विभागले गत सोमबार (असार १३ गते) बोलपत्र रद्ध गरेको सूचना प्राधिकरणको आधिकारिक वेबसाइटमा राखिएको छ ।

प्राधिकरणले बोलपत्र कागजातको खण्ड ८ (डि) बमोजिम बोलपत्र रद्द गरेको जानकारी सूचनामा उल्लेख गरिएको छ । उक्त सूचनामा बोलपत्र पेश गर्ने कम्पनीहरूलाई धरौटी रकम फिर्ता लैजानका लागि आधिकारिक पत्र पेश गर्न पनि आग्रह गरिएको छ ।

भारतीय कम्पनीले तोकिएको मापदण्ड पूरा गर्न नसकेपछि ठेक्का प्रक्रिया नै रद्द गरिएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । ‘बोलपत्र आह्वानपछि ७ वटा जति कम्पनीको आवेदन परेको थियो,’ उनले भने, ‘अन्तिम चरणको छनोट प्रक्रियामा २ वटा कम्पनी आइपुगेका थिए । तर, ती कम्पनीले पनि हाम्रो मापदण्ड पूरा गर्न नसकेपछि प्रक्रिया नै रद्द गर्नु परेको हो ।’

विद्युत प्राधिकरणले अहिले ३६४ मेगावाट विद्युत भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिरहेको छ । प्राधिकरणले करिब २८ दिनको अवधिमा १ खर्ब ७२ अर्ब ३० करोड रुपैयाँ बराबरको विद्युत भारतलाई बिक्री गरिसकेको छ ।

भारतले थप विद्युत निर्यातका लागि प्राधिकरणले गरेको प्रस्वात स्वीकृत गरेको छैन । अहिले बर्खामा सबै जलविद्युतगृह पूर्ण क्षमतामा चलिरहेकाले प्राधिकरणको प्रसारण प्रणालीमा २२ सय मेगावाट बढी विद्युत उपलब्ध छ ।

२२ सय मेगावाट बढी विद्युत उत्पादन हुँदा आन्तरिक उच्च माग १६ सय मेगावाट हाराहारीमा मात्रै छ । ३६४ मेगावाट भारतीय बजारमा निर्यात भइरहेको छ । सोझो हिसाबले पनि अहिले मध्य बर्खामा प्रसारण प्रणालीमा उपलब्ध २ सय मेगावाट विद्युत खेर गइरहेको छ ।

प्राधिकरणले बर्खामा खेर जाने यही २ सय मेगावाट विद्युत अन्तरदेशीय बजारमा बिक्री गर्न बोलपत्र आह्वान गरेको थियो । नेपालको विद्युत भारतीय बजारमा लगेर बिक्री गर्न प्रतिस्पर्धामा ७ वटा भारतीय कम्पनीले आवेदन दिएका थिए । जसमा मनिकरण पावर लिमिटेड र एनटिपिसी विद्युत व्यापार निगम लिमिटेड (एनभिभिएन) अन्तिम चरणको छनोट प्रक्रियामा आइपुगेका थिए ।

प्राधिकरणले गत बैशाखमा असारदेखि कात्तिकसम्म बर्खाको साढे चार महिनाका लागि नेपालको विद्युत अन्तरदेशीय बजारमा बिक्री गर्न आह्वान गरिएको बोलपत्रमा आवेदन दिएको मनिकरणले १०० मेगावाट प्रतियुनिट ७.७७ रुपैयाँमा र थप १०० मेगावाट प्रतियुनिट ५.८८ रुपैयाँ प्राधिकरणसँग खरिद गर्ने प्रस्ताव गरेको थियो ।

यसैगरी एनटीपीसीले २ सय मेगावाटका लागि प्रतियुनिट ६.८८ रुपैयाँ प्रस्ताव गरेको थियो । टाटा पावर ट्रेडिङले ५० मेगावाटका लागि प्रतियुनिट ५.४७ रुपैयाँ, क्रियट पावर प्राइभेट लिमिटेडले १०० मेगावाट खरिद गर्न प्रतियुनिट ६.२५ रुपैयाँ दर प्रस्ताव गरेका थिए ।
अरूणाञ्चल पावर लिमिटेडले ८० मेगावाटका लागि ६.७३ रुपैयाँ र पीटीसी लिमिटेडले २ सय मेगावाटका लागि प्रतियुनिट ६.६२ रुपैयाँ दरमा खरिद गर्ने प्रस्ताव गरेका थिए ।

प्राधिकरणसँग विद्युत खरिद गर्न यी कम्पनीले प्रति मेगावाट ३० हजार रुपैयाँका दरले सरदर ५ करोड रुपैयाँ जम्मा गरेका थिए । भारतको खुल्ला बजारमा विद्युत बिक्री गर्दा हरेक १५ मिनेटमा प्रतियुनिट दर फरक–फरक हुने गरेको छ ।

प्राधिकरणले बर्खामा २ सय मेगावाट बढी विद्युत खेर फाल्नुको सट्टा साढे ४ महिनाका लागि भारतीय बजारमा लगेर बिक्री गर्न कुनै एक कम्पनीलाई अनुमति दिन सकेको भए राम्रो हुने बोलपत्रमा आवेदन दिने एक कम्पनी निकट स्रोतले भन्यो ।

‘भारतीय कम्पनीहरूले पेश गरेको प्रतियुनिट दर राम्रो नै थियो । दर कम भएको भनी बोलपत्र रद्द गर्दा प्राधिकरणलाई पनि फाइदा त छैन । बोलपत्र छनोट प्रक्रिया पूरा गरेको भए यही बर्खामा प्राधिकरणले ५ अर्ब रुपैयाँ बढी आम्दानी गर्न सक्ने थियो’ स्रोतले भन्यो ।

प्राधिकरणले बिहीबार भारतको प्रतिस्पर्धी बजारमा औसत प्रतियुनिट ३.८६ रुपैयाँमा विद्युत बिक्री गरेकाले भारतीय कम्पनीले प्रस्ताव गरेको दर सस्तो भएको स्रोतको तर्क छ ।


Read Previous

प्राधिकरणले अन्तरदेशीय विद्युत व्यापारबाट १ अर्ब ७२ करोड आम्दानी गर्याे

Read Next

कोपोमिसमा विवरण प्रविष्ट नगर्ने सहकारीलाई जरिवाना गर्ने चेतावनी

Leave a Reply

Your email address will not be published.