Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

प्रसारण समस्याले मिस्ट्री खोला पूर्ण क्षमतामा चल्न पाएन, १० मेगावाट विद्युत खेर


काठमाडौं । प्रसारण लाइनको समस्याले सञ्चालनमा आएको १ वर्ष बितिसक्दा पनि म्याग्दीस्थित ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत केन्द्र पूर्ण क्षमतामा चल्न पाएको छैन । निर्माणाधीन २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्ड तयार भइनसकेकाले यो जलविद्युत केन्द्रले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न नसकेको हो ।

प्रवर्द्धक माउन्टेन इनर्जी नेपालले यो जलविद्युत केन्द्रको विद्युत कालीगण्डकी कोरिडोर प्रसारण लाइनमा जोड्ने गरी नेपाल विद्युत प्राधिकरणसँग प्रसारण सम्झौता गरेको छ । कोरिडोरको दाना–कुस्मा खण्डको प्रसारण लाइन सञ्चालनमा आइसके पनि कुस्मा–न्यू बुटवल खण्ड निर्माणाधीन छ ।

प्रसारण लाइनको यो खण्ड तयार नभएको हुँदा अहिले जलविद्युत केन्द्रले उत्पादन गर्ने विद्युत कालीगण्डकी कोरिडोरको दाना–कुस्मा खण्ड हुँदै वैकल्पिकरूपमा १३२ केभी कुस्मा–लेखनाथ प्रसारण लाइनमार्फत प्रवाह गरी लेखनाथ पुर्याइएको छ ।

प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा नआउँदासम्म बर्खामा सधैं मिस्ट्री खोलाको विद्युत खेर गइरहने अवस्था रहेको जलविद्युत केन्द्र प्रमुख दीपककुमार शाहले बताए । ‘हाम्रो जलविद्युत केन्द्रको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको १ वर्ष भइसकेको छ,’ उनले भने, ‘यो अवधिमा हिउँदका केही महिना सबै विद्युत प्रसारण प्रणालीमा गयो । नियमित वर्षा हुन थालेपछि अहिले फेरि विद्युत खेर गइरहेको छ ’

उनले ४२ मेगावाटको आयोजनाले अहिले औसत ३२ मेगावाट विद्युत उत्पादन गरिरहेको बताए । उनले विद्युत प्राधिकरणले जलविद्युत केन्द्रले उत्पादन गर्ने अधिकतम विद्युत लिन प्रयास गर्दा पनि खेर जाने अवस्था आउने गरेको छ ।

बर्खामा जलविद्युत केन्द्र पूर्ण क्षमतामा चल्ने समयमा दैनिक औसत १० मेगावाट विद्युत खेर गइरहेको पनि शाहले जानकारी दिए । नियमित वर्षा भई मिस्ट्री खोलामा पानीको सतह बढ्दै गइरहेकाले बर्खाको समयमा विद्युत प्राधिकरणबाट आउने निर्देशनअनुसार नै जलविद्युत केन्द्रको विद्युतगृहमा जडित युनिटहरू सञ्चालन गर्ने गरेको उनले बताए ।

मिस्ट्री खोलाको विद्युत प्रवाह हुने कुस्मा–न्यू बुटवल प्रसारण लाइनको ७० प्रतिशत बढी निर्माण पूरा भएको छ ।प्रसारण लाइन आयोजना निर्माणका क्रममा जग्गा अधिग्रहण, वन क्षेत्रको रुख कटानलगायत कार्यमा भएको ढिलाइका कारण प्रसारण लाइनको निर्माण सुस्त बन्न पुगेको हो ।

२०७३ जेठदेखि निर्माण सुरु भएको मिस्ट्री खोलाले २०७८ जेठदेखि विद्युत उत्पादन सुरु गरेको थियो । २०७८ असार ३ गतेदेखि व्यापारिक विद्युत उत्पादन सुरु भएको थियो । यो जलविद्युत केन्द्रबाट विद्युत उत्पादन भई निकास हुने पानीको उपयोग हुने गरी मिस्ट्र खोला–२ जलविद्युत आयोजना पनि प्रवर्द्यधक कम्पनीले अघि बढाउँदैछ ।


Read Previous

भारतमा नेपालको विद्युत प्रतियुनिट १९ रुपैयाँसम्म बिक्यो, कालीगण्डकी ‘ए’को पनि निर्यात

Read Next

पूर्वाधार परियोजनामा निफ्रा बैंकको ३४ अर्ब बढी लगानी, जलविद्युतमा मात्रै १८ अर्बको प्रतिबद्धता

Leave a Reply

Your email address will not be published.