Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

पूर्ण विद्युतीकरण भइसक्नुपर्ने बेलामा फेरि २ वर्षमा सम्पन्न गर्ने अर्को घोषणा


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा २ वर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण गर्न विद्युत उत्पादन, प्रसारण तथा वितरणका लागि लगानी वृद्धि गरिने उल्लेख गरिन् । यसअनुसार आगामी आर्थिक वर्षको बजेटमा सबै पालिकालाई विद्युतीकरण गरिसक्ने विषय पर्ने निश्चित जस्तै छ । तर, स्मरणीय कुरा चाहीँ के छ भने चालू आबको बजेट तथा कार्यक्रममै बाँकी रहेका ४३ जिल्लामा विद्युतीकरण गरी उज्यालो नेपाल अभियान सम्पन्न गर्ने उल्लेख छ ।

त्यसअनुसार चालू वर्षभित्रै विद्युतीकरण भैसक्नुपर्ने हो । योजना विपरित सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा पुनः २ वर्षभित्र उल्लेख गरिएको छ । विगत २ वर्षदेखि प्रत्येक वर्षको बजेट तथा कार्यक्रममा सरकारले २ वर्षभित्र, १ वर्षभित्र भनेर कार्यक्रम र बजेटमा उल्लेख गर्ने गरेको छ । तर, पूर्ण रुपमा विद्युतीकरण भने अझै भैसकेको छैन । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा पनि सरकारले २ वर्षभित्र विद्युतीकरण गरिसक्ने घोषणा गरेको थियो । तर, उपलब्धी हात लागेन् ।

सरकार प्रत्येक वर्ष घोषणा गर्छ, पूरा गर्दैन

२०५५/०५६ सालमा पनि सबैलाई उज्यालो पुर्याउने घोषणा गरेको सरकारले जलस्रोत नीति २०५८ मा ग्रामीण विद्युतीकरणमार्फत सबैलाई बिजुली दिने घोषणा गरेको थियो । जनआन्दोलन सफल भएपछिको पहिलो सरकारले २०६४ सालमा १० वर्षभित्र सबैलाई बिजुली पुर्याउने घोषणा गरेको थियो, तर पूरा गर्न सकेन ।

आर्थिक वर्ष २०७५/२०७६ को बजेटले तीन वर्षभित्र सबै नेपालीको घरमा आधुनिक ऊर्जा र पाँच वर्षभित्र सबै घरपरिवारलाई माग बमोजिमको विद्युत उपलब्ध गराउने उल्लेख गर्याे । जलविद्युत र सबै प्रकारका नवीकरणीय ऊर्जाको विकास गरिने घोषणा गर्यो, तर पूरा गर्न सकेन ।

ऊर्जा, जलस्रोत तथा सिँञ्चाइ मन्त्रालयका सह–सचिव मधु भेटुवाल कोभिडका साथै ठेक्का व्यवस्थापनमा आएको समस्याले गर्दा चालू वर्षमै विद्युतीकरण गरिसक्ने लक्ष्य राखिए पनि सम्भव नभएको बताउँछन् । ‘चालु वर्षभित्र सम्पन्न गर्ने लक्ष्य त राखिएको थियो, तर कोभिड, ठेक्का व्यवस्थापनमा आएको समस्या लगायत कारणले सम्भव भएन’ उनले भने । यही कारणले नीति तथा कार्यक्रममा अबको २ वर्षभित्र भनिएको र त्यो अवधीभित्र पूरा गर्न सकिने उनको भनाइ छ ।

सुगम क्षेत्रहररूमा विद्युतीकरण भैसकेको र अहिले दुर्गममा बाँकी रहेको कारण पनि विद्युतीयकरणमा ढिलाइ भएको उनको तर्क छ । विद्युत प्राधिकरणका अधिकारीहरू भने ठेक्का व्यवस्थापनमा आएको समस्या लगायतका कारणले २ वर्षभित्र विद्युतीकरण गर्न अझै कठिन रहेको बताउँछन् ।

‘पहिला कोभिडको कारणले विद्युतीकरणको कामले गति लिन सकेन । अहिले बजारमा सामान मूल्य वृद्धि भएको कारणले गर्दा धेरै लागेका ठेक्काहरू समेत रद्ध भइरहेका छन् । फेरि टेण्डर आह्वान गरिरहेका छौं’ विद्युत प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले भने ।

अहिलेको अवस्था हेर्दा २ वर्षभित्र शतप्रतिशत विद्युतीकरणा गर्न गाह्रो छ भएकाे र बजेट न्यून हुनु पनि यसको लागि सहायक बनेको उनको भनाइ छ । प्राधिकरणले ३ वर्षभित्र भने सबै पालिकामा विद्युतीकरण सम्पन्न गर्न सकिने अवस्था रहेको जानकारी दिएको छ ।

५ वर्षअघि राष्ट्रिय योजना आयोगका लागि विद्युत प्राधिकरण अन्तरगतकाे एनइए इन्जिनियरिङ कम्पनीले तयार गरेको लागत अनुमानमा पूर्ण विद्युतीकरण हुन बाँकी ७२४ स्थानीय तहलाई बिजुली पुर्याउन २ खर्ब रूपैयाँ आवश्यक रहेको औंल्याइएको थियो । १ खर्ब ४८ अर्ब १३ करोड उत्पादनबाहेक पनि ५६ अर्ब विद्युत वितरण र प्रसारण संरचनाका लागि आवश्यक रहेको उक्त प्रतिवेदनले देखाएको थियो । त्यसपछिका वर्षहरूमा भने पर्याप्त बजेट विनियोजन गरिएको छैन ।

ऊर्जा मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ५ अर्ब बजेट विनियोजन गरिएकाेमा २०७६/०७७ मा  घटाएर साढे ४ अर्ब, २०७७/०७८ मा पनि ४ अर्ब तथा चालू वर्षमा समेत ४ अर्ब रुपैयाँ विनियोजित छ । विद्युत प्राधिकरणका अनुसार, विद्युतीकरण विस्तारका लागि ठेक्कामा गइसकेका तथा ठेक्कामा जाने तयारीका कार्यक्रमका लागि २४ अर्ब रूपैयाँ बराबरको ठेक्का रकम सुनिश्चित भइसकेको छ ।

विद्युतीकरण सम्पन्न गर्न अझै  करिब २० अर्ब  रूपैयाँ बराबरकाे लगानी आवश्यक छ । तर, आगामी वर्षकाे बजेटमा पनि विद्युतीकरण विस्तारका लागि ५ अर्ब बराबरकै बजेट मात्र आउने सम्भावना  छ । प्राधिकरणले भने २ वर्षभित्र विद्युतीकरणका लागि कम्तीमा १५ अर्ब रुपैयाँ बजेट सुनिश्चित हुनुपर्ने माग गर्दै आएको छ ।

९० प्रतिशत घरधुरीमा केन्द्रीय  ग्रीड, ६ लाख घरधुरीमा अझै बिजुली पुगेन

विद्युत प्राधिकरणका अनुसार ८९.६ प्रतिशत घरधुरीमा केन्द्रीय ग्रीड पुगेको छ । राष्ट्रिय तथ्यांक विभागका अनुसार हाल ५६ लाख ४३ हजार ९४५ घरधु्री रहेकोमा यसलाई आधार मान्ने हाे भने अझै करिब ६ लाख घरधुरीमा विद्युत प्राधिकरणले विद्युतीकरण विस्तार गर्न बाँकी छ । अर्थात, मुलुकलाई २०७३ सालमा लोडसेडिङमुक्त घोषणा गरिए पनि करिब ३० लाख नेपालीले बिजुलीकाे उज्लायाे देखेका छैनन् ।

सरकारले बजेट तथा कार्यक्रममा स्पष्ट अध्ययन र लेखाजोखा नगरी घोषणामात्र गर्दा सबै नागरिकमा विद्युत पहुँच पुग्न नसकेकाे नेपाल इनर्जी फाउण्डेसनका सचिव डिल्ली घिमिरे बताउँछन् । ‘सबैभन्दा पहिला त सरकारले कति पालिकामा विद्युतीकरण गर्न बाँकी छ ? यसका लागि स्थानीय तहसँग मिलेर योजना बनाउनुपर्यो’ उनी भन्छन् । यसबारे सरकारसँग कुनै अध्ययन र लेखाजोखा नभएकाे र बजारको खपतका लागि गृहकार्य नै नगरी लोकप्रियताका लागि घोषणा गर्ने गरिएको उनको भनाइ छ ।

आर्थिक बर्ष                 विद्युतीकरण सम्पन्न अवधि (बर्ष)
२०६४/०६५                                           १०
२०७५/०७६                                         ३
०७६/०७७                                             २
२०७७/०७८                                           २
२०७८/०७९                                           १
२०७९/०८०                                            २

स्रोतः अर्थ मन्त्रालय


Read Previous

थ्रीफेज विद्युत मिटर लिन अनलाइनबाटै आवेदन दिन सकिने

Read Next

२ वर्षभित्र निजगढ विमानस्थल निर्माण शुरू गर्ने सरकारको योजनामा सर्वोच्चको रोक

Leave a Reply

Your email address will not be published.