Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

दिल्लीमा विद्युतको माग ७ हजार मेगावाटभन्दा धेरै, जुलाईमा ८ हजार मेगावाट नाघ्ने प्रक्षेपण


काठमाडौं ।  भारतको राजधानी दिल्लीमा विद्युतको माग बढेर ७ हजार ७० मेगावाट पुगेको त्यहाँका विद्युत वितरण कम्पनीको भनाइ उदृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उद्योग धन्दा नियमित चल्नुका साथै तापक्रममा भएको वृद्धिका कारण एसी, कुल, पंखा, फ्रिजलगायत विद्युतीय उपकरणको उपयोग बढेपछि मे महिनामा विद्युतको माग ह्वात्तै बढेको हो ।

सन् २०१९, २०२० र २०२१ को मे महिनाको तुलनामा यो खपत अहिले सम्मकै उच्च भएको समाचारमा जनाइएको छ । सन् २०१९ काे जुलाई महिनामा ७ हजार ४ सय ९ मेगावाट विद्युत खपत भएकाे थियाे । याे अहिलेसम्मकै सबैभन्दा धेरै  विद्युत खपतकाे रेकर्ड हो ।

दिल्लीमा गत अप्रिलमा पनि निरन्तर (७ पटकसम्म)  विद्युत खपतमा वृद्धि भएको थियो । अप्रिल १९ मा ५ हजार ७ सय ३५ मेगावाट विद्युत खपत भएकोमा त्यसकाे भाेलिपल्ट नै बढेर ५ हजार ७ सय ६१ मेगावाट पुगेको थियो । अप्रिल २१ मा ५ हजार ७ सय ८१ मेगावाट पुगेकोमा २८, २९, र ३० अप्रिलको खपत क्रमशः ६ हजार ५० मेगावाट, ६ हजार १ सय ९७ र ६ हजार ३६ मेगावाट थियो ।

यो वर्ष जुलाई महिनामा विद्युतको माग बढेर ८ हजार १ सय मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ । यसअघि सन् २०१८ को जुलाईमा दिल्लीमा पहिलो पटक विद्युतको उच्च माग ७ हजार मेगावाट कायम भएको थियो ।

सोही वर्ष यो माग बढेर ७ हजार १६ मेगावाटसम्म पुगेको थियो । सन् २०१९ को जुलाई महिनाको उच्च माग ७ हजार ४ सय ९ मेगावाट कायम भएको थियो । यो नै दिल्लीको इतिहासमा अहिलेसम्मकै उच्च माग हो । सन् २०२० यता भने कोभिड–१९ महामारीका कारण उद्योग धन्दा बन्द हुँदा विद्युतको उच्च माग ७ हजार मेगावाट पनि पुग्न सकेको थिएन ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद


Read Previous

४ वर्षमा २९ पटक पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Read Next

देशभर इन्टरनेटको आक्रमक विस्तार, ९२ प्रतिशत वडा कार्यालयमा पहुँच

Leave a Reply

Your email address will not be published.