Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण    उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत    तनहुँकाे व्यासमा सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता    म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण    लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी   

घुन्सा खोला निर्माण तथा सञ्चालन गर्दा पर्ने प्रभावबारे राय/सुझाव माग


काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित घुन्सा खोलामा प्रस्तावित साढे ७७ मेगावाटको घुन्सा खोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्ने प्रभावबारे राय/सुझाव मागिएको छ । विद्युत विकास विभागले रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको उत्पादन अनुमतिपत्र दिनुअघि ३५ दिने सूचना जारी गरी सम्बन्धित सरोकारवालाबाट राय/सुझाव मागेको हो ।

विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा प्रतिकुल असर पर्ने भएमा ३५ दिनभित्र प्राप्त हुने गरी आफ्नो कार्यालय वा रेमिट हाइड्रोको कार्यालयमा लिखित राय/सुझाव पठाउन आग्रह गरेको छ । विभागले सम्बन्धित सरोकारवालाबाट प्राप्त राय/सुझावका आधारमा आयोजना निर्माण तथा सञ्चालन गर्न कुनै प्रतिकुल असर नपर्ने भएमा प्रवर्द्धक कम्पनीको नाममा उत्पादन अनुमतिपत्र जारी गर्नेछ ।

आयोजनाको अध्ययन पूरा भइसकेको छ । यो आयोजना नदीको बहावमा आधारित (आरओआर) प्रकृतिको छ । आयोजनाको ग्रस हेड ४३२ मिटर छ । डिजाइन बहाव २१.२८ घनमिटर प्रतिसेकेण्ड छ ।

आयोजनाका सबै मुख्य संरचना घुन्सा खोलाको दायाँ किनारमा निर्मााण हुनेछन् । आयोजनाको बाँध लामाटारमा रहने गरी प्रस्ताव गरिएको छ । घुन्सा खोलाको पानी सुरुङ हुँदै विद्युतगृहसम्म पुर्याउन ३२ मिटर लम्बाई तथा ६.७५ मिटर उचाईको ‘कंक्रिट ग्राभिटी’ बाँध निर्माण गरिनेछ । बाँधको दायाँ किनारमा साइड इन्टेक निर्माण गर्ने गरी आयोजना डिजाइन गरिएको छ ।

खुन्सा खोलाको पानी सफा बनाउन ‘सस्पेन्डेड सेडिमेन्ट्स’ हटाउन ६२ मिटर लम्बाई तथा ११.५ मिटर चौडाई २ वटा भूमिगत फ्लसिङ मेकानिजममा आधारित बालुवा थिग्राउने पोखरी निर्माण गरिनेछ । पोखरीमा थिग्रिएर निस्कने पानी ४.५ मिटर चौडाई र त्यति नै उचाई भएको ८०.८ मिटर लम्बाईका २ वटा ‘लिंक सुरुङ’ मार्फत मुख्य सुरुङमा पठाइनेछ । मुख्य सुरुङको लम्बाई ४ हजार २ सय ८ मिटर छ । चौडाइ तथा उचाई समान ४.५ मिटर छ ।

आयोजनाको विद्युतगृहमा २५.८३ मेगावाट क्षमताका भर्टिकल एक्सिस भएका ३ वटा पेन्टल टर्वाइन जडान गरी साढे ७७ मेगावाट विद्युत उत्पादन  गरिने छ । आयोजनाबाट विद्युत उत्पादन गरी विद्युतगृहदेखि निस्कने पानी पुनः घुन्सा खोलाको घुन्सा–तमोर दोभान नजिकै छोड्न २८.४ मिटर लामो टेलरेस सुरुङ निर्माण गरिनेछ ।

आयोजनाले उत्पादन गर्ने विद्युत ३३ किलोमिटर दुरीको २२० केभी कोसी कोरिडोर प्रसारण लाइन अन्तर्गतको हाङपाङ (ढुंगेसाँघु) सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । आयोजनाबाट सन् २०२६ को जुन ८ देखि विद्युत उत्पादन गर्ने तालिका छ ।
आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ४५९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।


Read Previous

दिगो विकासको पर्खाइमा डाँडापारीबासी

Read Next

बेनीघाट–आरुघाट–लोर्केभञ्ज्याङ सडकमा बेलीबृजको उद्घाटन (फोटोफिचर)

Leave a Reply

Your email address will not be published.