Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

नेपाल व्यवस्थापन संघमा नयाँ नेतृत्व


 काठमाडौ । नेपाल व्यवस्थापन संघको नवनिर्वाचित कार्य समितिले आइतबारदेखि औपचारिक रुपमा कार्यभार सम्हालेको छ ।

संघको नयाँ नेतृत्वमा निर्वाचित उपेन्द्र प्रसाद पौड्याल लगाएत अन्य १६ जनालाइ एक समारोहका विच निवर्तमान सभापति किरण कुमार श्रेष्ठले औपचारिक रुपमा पदभार हस्तान्तरण गरे । पदभार हस्तान्तरण कार्यक्रममा संघको २० औं प्रबन्ध समितिको निर्वाचन मण्डलका प्रमुख गुणराज भट्टले नवनिर्वाचित पदाधिकारी र कार्यकारी सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए । भट्टले नवनिर्वाचित पदाधिकारी तथा कार्यकारी सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्रसमेत हस्तान्तरण गरेका थिए ।

नेपाल व्यवस्थापन संघमा प्रत्येक दुई बर्षमा नयाँ कार्यसमिति चयन हुने प्रावधान रहेको छ । सोही बमोजिम सभापति तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल समाप्त भएर नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले संघको नयाँ नेतृत्व सम्हाल्नु भएको हो ।

नवनिर्वाचित अन्य पदाधिकारीहरुमा प्रथम उपसभापतिमा सुरेन्द्र कुमार गोयल, द्वितीय उपसभापतिमा आश्मी राणा, महासचिवमा मोहनराज ओझा र कोषाध्यक्षमा हेमाकुमारी अधिकारी निर्वाचित हुनु भएको छ । यसैगरी संघको कार्यकारी सदस्यहरुमा अनु जोशी श्रेष्ठ, आशा राणा अधिकारी, ईन्द्र कुमार श्रेष्ठ, जितेन्द्र धिताल, कविराज अधिकारी, कृष्ण वहादुर अधिकारी, कृष्ण प्रसाद शर्मा, मनिष झा, मनोज कुमार ज्ञवाली, मिलन गुरुङ, प्रद्युम्न पोखरेल र सुमन शर्मा निर्वाचित हुनु भएको छ । संघको प्रबन्ध समितिमा निवर्तमान सभापति पदेन सदस्य र नेपाल सरकारको सचिव वा सहसचिव स्तरको एक जना प्रतिनिधि मनोनित सदस्य रहने परम्परा रहेको छ । संघमा एकजना कार्यकारी निर्देशक रहने र निजले सदस्य सचिवको भूमिका निर्वाह गर्ने परम्परा रहेको छ ।

नेपाल व्यवस्थापन संघ ४१ बर्षको इतिहास वोकेको संस्था हो । यस संस्थामा मुलुकको नीतिगतहमा योगदान पुरयाएका कुशल व्यवस्थापक, प्रशासक र अन्य विभिन्न क्षेत्रमा योगदान पुरयाउदै आएका लब्धप्रतिष्ठ व्यक्तित्हरु सदस्यका रुपमा आवद्ध छन । नेपालका व्यवस्थापकहरुको छाता संस्थाका रुपमा चार दशकको यात्रापार गरी सकेको संघले नेपालको सरकारको बजेट तथा कार्यक्रम, पूर्ब बजेट छलफल, मौद्रिक नीति लगाएतका गतिविधिहरुमार्फत सरकारलाई विज्ञ समूहको रुपमा योगदान पुर्याउदै आएको छ । यसैगरी संघले सिइओ सम्मेलन, राष्ट्रिय व्यवस्थापन सम्मेलन र व्यवस्थापन अवार्ड कार्यक्रमहरु सञ्चालन गर्दे आएको छ ।

संघले व्यवस्थापन विकासको क्षेत्रमा अनवरत रुपमा व्यवस्थापकिय सीप, नवप्रवर्तनका विविध गतिविधिहरु तथा वहुआयामिक तालिमहरु सञ्चालन गर्दे आएको छ ।


Read Next

अझै देशका २१ पालिका केन्द्रसम्म सडक ट्र्याक खोल्न बाँकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *