Nepal Purbadhar

ऊर्जा उद्यमी भरत पराजुली सिन्धुपाल्चोक-१ बाट विजयी


सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का भरत पराजुली विजयी भएका छन्।
पराजुलीले २४ हजार ४१२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका माधव सापकोटाले १७ हजार ३२७ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा एमालेका सरेश नेपाल ११ हजार ९६१ मतसहित तेस्रो स्थानमा रहेका छन्।
यस क्षेत्रमा नेपाली कांग्रेस चौथो स्थानमा सीमित भएको छ। कांग्रेसका उम्मेदवार तथा जिल्ला सभापति जंगबहादुर तामाङले ११ हजार २९३ मत प्राप्त गरेका छन्।


Read Previous

नेपालमा सफल निर्वाचन भएकोमा भारतीय प्रधानमन्त्री मोदीको बधाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar