Nepal Purbadhar

स्थलगत: प्रतिनिधी सभा निर्वाचनको इपिसेन्टर बनेको झापा-५ बालेन र ओलीको अवस्था कस्तो छ ?


दमक । दमकका खड्ग दाहाल यो पटक मत फेर्न विचारमा छन् ।

झापाको विकासका लागि उनलाई मत फेर्नुपर्छ भन्ने लागेको छ। समानुपातिकमा भने उनी आफ्नो पूरानै पार्टीलाइ भोट दिने पक्षमा छन् ।

उनले सार्वजनिक रुपमा धेरै ठाउँमा घण्टीलाइ भोट दिने घोषणा गर्दै हिडेका छन् ।

दमककै सन्तोष खड्कालाई पनि नयाँ हेर्नेको हो कि भन्ने सोच आएको छ । ‘सबै जना नयाँ नयाँ भन्छन्,’ उनले सुनाए, ‘नयाँले पनि गर्ने त केहि होइन् । तर एकपटक हेर्ने की ।‘ कमल गाउँपालिकामा भेटिएका एक मतदाताले भने नयाँ पार्टी रोज्न नसकिने बताए । उनले देशका लागि एमालेलाई भोट दिएर जिताउने बताए । उनी एमालेले आफ्नो पुरानै भोट जोगाए सजिलै जित्ने बताउछन् ।

नेपाल पूर्वाधारको टीम झापा निर्वाचन क्षेत्र ५ को विभिन्न स्थानमा पुगेर मतदाताहरुको मनाशय बुझ्दा धेरैले नयाँ पार्टीलाइ मत दिने विचार गरेको पाएको छ । एमालेको पार्टीमा लागेकाहरु भने जसरी पनि आफ्नो भोट जोगाउने पक्षमा लागेको भेटिएको छ ।

प्रतिनिधी सभाको चुनावको राप बढिरहेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका नेता बालेन्द्र शाहको भिडन्तले झापा–५ लाई देशको हाइप्रोफाइल चुनावी मैदानमध्ये एक बनाइदिएको छ। प्रतिनिधी सभा निर्वाचन २०८२ को इपिसेन्टर नै झापा ५ बनेको छ ।

यहि निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसबाट मन्दरा पौडेल चिमरिया, नेपाली कम्युनिष्ट पार्टीबाट रञ्जित तामाङ, श्रम संस्कृतिबाट समीर तामाङ लगायतका करिब दुई दर्जन उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

केपी शर्मा ओली झापा-५ बाट २०४८ सालदेखि निर्वाचन लड्दै आएका छन् । २०६४ सालमा बाहेक उनले यो क्षेत्रबाट हार व्यहोर्नुपरेको छैन् । एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचनमा होमिएको क्षेत्र भएकाले राष्ट्रिय राजनीतिमा समेत जोडेर बहसहरु हुने गरेको छ। यो पटक रास्वपाका वरिष्ठ नेता बालेन शाह चुनाव लड्न यहि क्षेत्र रोजेकाले थप चर्चामा छ ।

रास्वपाले बालेनलाई प्रधानमन्त्री बनाउने घोषणा गरेको छ । भने एमालेले ओलीलाई दुई जना प्रधानमन्त्रीका उम्मेदवार यो क्षेत्रमा चुनाव लड्दैछ्न ।

यो निर्वाचन क्षेत्रमा १ लाख ६३ हजार ३७९ जना मतदाता छन् । झापा–५ मा दमक नगरपालिका, कमल गाउँपालिका पर्छन् । त्यस्तै, गौरादह नगरपालिकाका वडा नं. १ देखि ८ सम्म र गौरीगन्ज गाउँपालिकाका वडा नं. ३, ४, ५ र ६ पनि समेटिएका छन् । यस क्षेत्र एकतिहाइ मतदाता आदिवासी जनजाति छन् ।

२०७९ को निर्वाचनमा ओलीले ५२ हजारभन्दा बढी मत ल्याएर ठूलो मतान्तरसहित जितेका थिए।

उक्त निर्वाचनमा रास्वपा उम्मेदवार तेस्रो भए पनि समानुपातिकतर्फ रास्वपाले एमालेपछि दोस्रो ठुलो मत पाएको थियो। रास्वपाले १८ हजार २०५ मत समानुपातिकमा ल्याएको थियो । गएको निर्वाचनमा ओलीले २८ हजार ८ सय ४२ मतान्तरले जित्दा रास्वपाका सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ४८ मत ल्याएर तेस्रो भएका थिए ।

सोही कारण रास्वपाका वरिष्ठ नेताले यो निर्वाचन क्षेत्र रोजेका बताइएको छ । रास्वपा समर्थकहरु बालेनले २५ हजार मतान्तरसहितको फराकिलो जित निकाल्न सकिने बताउछन् । बालेनका सचिवालयकाक सदस्यले ले झापा ५ मा सहज जित निष्कने दाबी गरे । ‘हामीले कम्तीमा २५ हजार मतान्तरले जित्छौं । हामीलाइ यो पटक सहज छ,” ती सचिवालयका सदस्यले भने ।

नेपाल पूर्वाधारको टीम झापाको दमकस्थित बालेन शाह निवासमा पुगेको थियो । रास्वपाका वरिष्ठ नेताले झापामा पुगेपछि एउटा निष्कर्ष निकालेका रहेछन्- बाहिर हल्ला मात्रै रहेछ, यत्तिका पटक प्रधानमन्त्री हुँदा पनि विकास नै भएको रहेनछ ।‘ विकास गर्ने वाचा गर्दै बालेनले झापाका मतदातासंग भोट मागिरहेका छन् ।

केपी शर्मा ओली झापा-५ बाट २०४८ सालदेखि नै चुनाव लडिरहेको र जितिरेहका कारण कांग्रेसले यहाँबाट नेतृत्व विकास गर्न नसकेको निष्कर्ष निकालेको छ । सोही कारण कांग्रेसले हरेक चुनावमा केपी ओलीले नै जित्ने भन्दै कमजोर उम्मेदवार उठाउने गरेको छ । यो पटक कांग्रेस कार्यकर्ताहरुलाई केपी शर्मा ओलीलाई हराउन पाए कांग्रेसको झापा ५ मा राजनीति जोगिने लागेको छ । ‘यो पटक ओलीले हारे अर्को पटक बालेन यहाँबाट उठ्दैनन् उनी कहाँ पो पुग्छन्,’ कांग्रेसका एक नेताले भने, ‘हामीले अवसर पाउछौं । यो हाम्रा लागि अवसर हो । झापा ५ मा पनि कांग्रेसको झण्डा फहराउछौं । नत्र त कांग्रेसले नजित्ने भएपछि कांग्रेसका क्रियाशिलले समेत भोट हाल्न नमान्ने अवस्था छ ।‘

यता केपी शर्मा ओलीले भने देश जोगाउनका लागि भन्दै भोट मागिरहेका छन् । उनी झापामा आफुले विकास गरेको र केहि बाँकी रहेका विकासका कामहरु पूरा गर्न पुन:चुनावी मैदानमा उत्रिएको बताएका

छन् ।

यो पटक एमाले रक्षात्मक देखिएको छ । भोट बढाउनेभन्दा पनि भएकै भोट जोगाउनसकिए चुनाव जित्ने आकलन छ ।

त्यस्तै नेपाली कांग्रेस र राप्रपाले आफ्दै उम्मेदवारलाई भोट हालिदिए चुनाव जित्त सहज हुने अनुमान छ । आफ्ना उम्मेदवारले जित्न नसके भोट ‘स्वीङ’ हुने उनीहरुको अनुमान छ । त्यो भोट एमालेलाई आउने सम्भावना कम छ ।

अघिल्ला चुनावमा दुई आम सभा गरेर ओलीले झापाबाट चुनाव जित्दै आएका थिए । यो पटक भनेत्यस्तो माहोल छैन् । उनी आफै घरदैलोमा छन् । आफ्नो क्षेत्र जोगाउन पूरै शक्ति लगाएर त्यहि बसिरहेका छन् ।

सोमबार राती १२ बजेबाट प्रतिनिधी सभा निर्वाचन २०८२ को लागि मौन अवधि सुरु भएकाले प्रचार प्रसार गर्न पाइदैन ।


Read Previous

मध्यपूर्वमा विकसित समस्यामा परेका नेपालीलाई सघाउन कांग्रेसले खोल्यो ‘हेल्प डेक्स’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar