
Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
काठमाडौ । राजापुर नगरपालिका -५ खल्लाजयपुर, बर्दिया का थारु समुदायमा अहिले ‘सखिया नाच’ को रौनकले भरिएको छ । दसैँ अघि सुरु भएर दसैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारु गाउँबस्तीको रौनक बढाएको हो ।

थारु गाउँमा दसैँ सुरु भएसँगै सखिया नाचको रौनक सुरु हुने खल्लाजयपुरका बडघर प्रदेशी चौधरिले बताय। उनका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् । जति धेरै मादल बज्यो त्यति रौनक आउँछ । २०देखि २५ जना सखिया नाच्ने युवतीले सेतो रङको फरिया, रातो चोलिया र रातै रङको रिबन लगाउने गर्छन् ।

महाभारत कथासँग जोडिएको सखिया नाच सामूहिक रूपमा मादल र मञ्जिरा बजाउँदै, गीत गाउँदै नाचिन्छ। धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको यो नाचमा थारु समुदायका हरेक देवीदेउताका नाम सम्बोधन गरेर सखिया गीत गाइन्छ।

“नया पुस्ताले आफ्नो सस्कृती बिर्सदै गयको र थारु सस्कृती जोगाइराखन पनि यो नाच लाई सधै निरन्तरता दिन यो नाच हामी हरेक बर्ष नाच्ने गर्छौ” बड्घर प्रदेशी चौधरी बताउछन ।
तस्वीर : प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

