
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा तोडफोड भएको छ ।
सोमबार भएको जेनजीको आन्दोलनमा सरकारले गरेको दमनका विरुद्धमा आन्दोलनमा रहेका प्रदर्शनकारीहरूले उनको नैकापस्थित घरमा तोडफोड गरेका हुन् ।
लेखकले सोमबार राजीनामा दिएका थिए । उनले नैतिकताको आधारमा राजीनामा दिएको बताएका थिए ।
सोमबारको आन्दोलनमा प्रहरीले अत्याधिक दमन गरेको र उक्त दमनका कारण कम्तीमा १९ जनाको मृत्यु भइसकेको छ ।
Facebook Comments