
काठमाडौं । सोमबार जेनजी पुस्ताले गरेको आन्दोलनमा सरकारले गरेको दमनका विरुद्धमा मंगलबार भएको आन्दोलन देशैभर फैलिएको छ ।

काठमाडौंका विभिन्न क्षेत्रमा हाल आन्दोलन भइरहेका छन् । बालाजु क्षेत्रमा प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरिरहेका छन् भने कलंकी क्षेत्रको अवस्था तनावग्रस्त भएको छ ।

आन्दोलनकारीहरूले सरकारले अत्याधिक दमन गरेर आम जनताको ‘हत्या’ गरेको भन्दै प्रधानमन्त्रीलगायतको राजीनामाको माग गरिरहेका छन् ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला सहित देशैभरका विभिन्न ठाउँमा कर्फ्यु तथा निषेधाज्ञा लगाइएको छ ।

हालसम्म यो प्रदर्शनमा परि कम्तीमा १९ जनाको मृत्यु भएको बताइएको छ ।



Facebook Comments