Nepal Purbadhar

गाडी गुड्छन् पालुङटार विमानस्थलको रनवेमा! (तस्बिर समाचार)

default


काठमाडौं । गोरखाको पालुङटार विमानस्थल स्तरोन्नति गरी सञ्चालन गर्ने काम अगाडि बढ्न सकेको छैन । सो विमानस्थल स्तरोन्नतिका लागि २०७७ साल मै ३ करोड १७ लाख ५० हजार रकम छुट्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण हाल सम्म पनि खासै काम हुन सकेको छैन ।

विमानस्थलको धावनमार्ग स्तरोन्नति कार्यक्रम अन्तरगत उक्त रकम छुट्याइएको भए पनि हाल विमालस्थलको धावनमार्ग सवारी साधनहरु गुड्न थालेका छन् ।

काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिसँग विमानस्थल स्तरोन्नतिका लागि ठेक्का सम्झौता भए पनि काम प्रभावकारी रुपमा हुन सकेको छैन ।

करिव १ सय ८५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त विमानस्थलमा २०३५ सालसम्म विमान उडान र अवतरण हुँदै आएको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

Facebook Comments

Read Previous

आइपिओ निष्कासनमा ७ प्रतिशत घुस माग्नेमाथि छानविन गर्न सांसद सापकोटाको माग

Read Next

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को बुकिङ खुल्यो

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar