Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

नेपालगञ्ज क्षेत्रमा विद्युतकाे गुणस्तर सुधार गर्न २ नयाँ प्रसारण लाइन थप


नेपालगञ्ज । बाँकेको नेपालगञ्ज आसपास क्षेत्रकाे विद्युत प्रसारण तथा वितरण प्रणालीकाे गुणस्तर सुधार गर्न २ वटा ३३ केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएकाे छ । नेपाल विद्युत प्राधिकरणले काेहलपुर सबस्टेसनसँग जाेडिने कोहलपुर–नेपालगञ्ज र काेहलपुर–धामपुर प्रसारण लाइन निर्माण गरी सञ्चालनमा ल्याइएकाे हाे ।

यी प्रसारण लाइन सञ्चालनमा आउँदा १० मेगावाट विद्युत प्रवाह हुने पूर्वाधार थपिएकाे विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्र प्रमुख  जगन्नाथ लामिछानेले बताए ।

“यसअघि ३० मेगावाट विद्युत प्रवाह हुने प्रसारण लाइनकाे पूर्वाधार मात्रै हुँदा माग अनुसार विद्युत आपूर्ति गर्न सकिने अवस्था थिएन”, उनले भने, “अब प्रसारण क्षमता बढेकाले ४० मेगावाट प्रवाह गर्न सकिने भएकाे छ । यसले विद्युत वितरणकाे गुणस्तरमा सुधार हुनेछ ।”

उनले घरायसी ग्राहककाे वितरण प्रणाली विस्तार तगा सुधारका लागि  नै  प्रसारण लाइनकाे क्षमता विस्तार गरेकाे र यसले नेपालगञ्जबासीलाई गर्मीबाट  राहत पुऊने बताए ।

उनले थप भएको प्रसारण लाइनबाट नेपालगञ्ज उपमहानगरपालिकासहित डुडुवा गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र केही राप्तीसोनारी गाउँपालिकाका क्षेत्र समेत लााभावन्वित हुने बताए ।

बाँकेमा केही महिनाअघि आएको हावाहुरीले विद्युत् आपूर्तिमा ठूलो क्षति पुर्याएकाले केही ट्रान्सफर्मर नयाँ र केही पुरानाको क्षमता वृद्धि गरिएको वितरण केन्द्रले जनाएकाे छ ।

७० किलोमिटर प्रसारण लाइनकाे तार तान्न तथा  लोड व्यवस्थापन र मर्मतसम्भारसहितका काम गरी प्रणाली सुधार गरिएकाे वितरण केन्द्रले जनाएको छ । “आवश्यकताअनुसार जहाँ लोड बढी हुन्छ, त्यहाँ नयाँ ट्रान्सफर्मर जडान गरेका छौँ, जहाँ कम लोड छ त्यहाँ क्षमता वृद्धि गरेर पनि ट्रान्सफर्मर लगाएका छौँ”, लामिछानेले भने ।  विद्युत् लाइनका लागि हावाहुरीले क्षति पुर्याएका स्थानमा नयाँ खम्बासमेत गाडिएको छ ।


Read Previous

नेपालको ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्न साउन १३ मा त्रिपक्षिय सम्झौता हुँदै

Read Next

पृथ्वीराजमार्गमा मनसुनभरि सडक स्तरोन्नति बन्द गरिने   

Leave a Reply

Your email address will not be published. Required fields are marked *