Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

विद्युत नियमन आयोगको अध्यक्षमा रामप्रसाद धिताल नियुक्त


काठमाडौं । सरकारले विद्युत नियमन आयोगको अध्यक्षमा रामप्रसाद धिताललाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रीपरिषद बैठकले धिताललाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

धितालसँग यसअघि पनि आयोगको सदस्यमा रही ३ वर्ष काम गरेको अनुभव छ । उनी करिब ३ दशकदेखि देशको ऊर्जा क्षेत्रमा सक्रिय ढंगले काम गर्दै आएका छन् । उनीसँग वैकल्पिक ऊर्जा प्रवद्र्धक केन्द्रको कार्यकारी निर्देशककोरूपमा काम गरेको समेत अनुभव छ ।

यस्तै, सरकारले मधुसुधन अधिकारीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ । अधिकारी पनि यसअघि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी पूरा गरिसकेका व्यक्ति हुन् । झमकप्रसाद शर्मालाई पनि आयोगको सदस्य पदमा नियुक्त गरिएको छ ।

आयोगमा अध्यक्षसहित ४ सदस्य रहने प्रावधान रहेकोमा कानूनी विवादका कारण महिला सदस्यको नियुक्ती भने हुन नसकेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । एक जना सदस्य गौतम डंगोल भने अझै जिम्मेवारीमा छन् ।

महिला सदस्यको रिक्त पदका लागि भागिरथी ज्ञवाली, शकुन्तला ढकाल मरहठ्ठा र जेनी पुरीको आवेदन परेकोमा छोटो सूचीका लागि ढकाल छनोटमा परेकी थिइन् । तर, उनले कार्ययोजना प्रस्तुत नगर्दा महिला सदस्यको पदको नियुक्ति हुन नसकेको हो ।

आयोगका अध्यक्षसहितका पदाधिकारीको कार्यकाल गत बैशाख २५ गते सकिएको थियो । मन्त्रालयले बैशाख २६ गते रिक्त अध्यक्षसहितको ३ सदस्य नियुक्तिका लागि आवेदन खुलाएको थियो । आवेदन दिने मध्येबाट अध्यक्षमा ६ जनाको नाम छोटो सूचीमा छनोटमा परेका थिए । सदस्यका लागि पनि ८ जना छोटो सूचीमा परेका थिए ।


Read Previous

म्याग्दीका पर्यटकीय स्थल जोड्न ९ किलोमिटर पदमार्ग निर्माण   

Read Next

पहिराले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *