Nepal Purbadhar

टेलिकमका कर्मचारी सिटाैलाले निर्माण कम्पनी सञ्चालन गरेकाे विरुद्ध विशेष अदालतमा मुद्दा दायर   


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिमकमा कार्यरत स्थायी कर्मचारी इञ्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत कार्य गरी व्यापार–व्यवसाय गरेको अभियाेगमा उनी विरुद्ध मुद्दा दायर गरिएकाे हाे ।

साथै, उनले सूर्यविनायक-धुलिखेल- सिन्धुली -बर्दिवास सडक आयोजनाको ठेक्का लिई प्रतिनिधिका रुपमा काम गरेको आयाेगकाे ठहर छ । उनकाे याे निर्माण कम्पनीले ठेकेदार कम्पनीको प्रतिनिधिका रुपमा हस्ताक्षर गरेको पाइएको छ । याे कार्य कानुनद्वार वर्जित भ्रष्टाचार भएको आयोगले ठहर गरेको छ ।

आयाेगका अनुसार सिटौलाले हिदुङ एन्ड थोकर कम्पनीबाट ४५ लाख १७ हजार ५ सय रुपैयाँ पारिश्रमिक लिएको तथा मुनाफाबाट एक करोड १६ लाख २ हजार ५ सय रुपैयाँ बराबरको भ्रष्टाचार गरेको पाइएको छ । बिगोबमोजिमको कारबाहीको माग गर्दै गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफथ गर्ने माग दाबीसहित मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।


Read Previous

सिक्टा आयोजनाबाट बाँकेकाे २२ हजार हेक्टर खेतीयाेग्य जमिनमा सिँचाइ सुविधा   

Read Next

ढुवानी व्यवसायी महासंघको अध्यक्षमा माधवप्रसाद नेपाल सर्वसम्मत