Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

मिलनचोक-रातोढुंगा प्रसारण लाइनको परीक्षण सुरु,वितरण प्रणाली सुधारिने   


म्याग्दी । म्याग्दीमा विद्युतीकरण विस्तारका लागि निर्माण गरिएकाे ३३/११ केभी मिलनचोक–रातोढुङ्गा प्रसारण लाइनको परीक्षण सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेकाे याे प्रसारण लाइनकाे बिहीबारबाट परीक्षण सुरु गरिएकाे हाे ।

पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर लामाे प्रसारण लाइन चार्ज गरी रातोढुंगामा निर्माण भएको ३३/११ केभी सवस्टेसन पनि परीक्षण गरिएकाे प्राधिकरणले जनाएकाे छ ।

प्राधिकरणको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत निर्माण भएकाे प्रसारण लाइनबाट  प्रवाह गरिने भएकाले लाइनका खम्बा, तारलगायत संरचना नछुन र नचलाउन सूचनामार्फत अनुरोध गरेको छ ।

आयोजनाका प्राविधिक रोहन शर्माले प्रसारण लाइनको परीक्षण र सवस्टेशन चार्ज गर्न लागिएको बताए । प्रसारण लाइनको खम्बा गाड्ने, तार तान्ने, सवस्टेशनमा संरचना निर्माण तथा उपकरण जडानको काम सकिएको छ । रातोढुङ्गामा सवस्टेसनको आवास भवन निर्माण अन्तिम चरणमा छ ।

प्राधिकरणको प्राविधिक टोलीले एक हप्ताअघिदेखि पहिलो चरणको परीक्षणको काम थालेको थियो । परीक्षणपछि कुनै समस्या आएन भने अबकाे एक साताभित्र प्रसारण लाइन र सवस्टेसन सञ्चालन गर्ने तयारी रहेको निर्माण कम्पनी ए टु जेड इञ्जिनियरीङका प्रतिनिधि पद्यसागर लुइँटेलले बताए ।

 प्राधिकरणमार्फत सो कम्पनीले सन् २०१६ मा ठेक्का लिएको सवस्टेसन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुआती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो ।

खम्बा गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको आयोजनाको काम गत जेठ महिनामा चार वर्षपछि सञ्चालन भएको थियो । ४ वर्षअघि नै सम्पन्न हुनुपर्ने सवस्टेशन र प्रसारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको छ ।

रातोढुुङ्गा सवस्टेसन र प्रसारण लाइन सञ्चालन भएपछि पश्चिमी क्षेत्रको धौलागिरि, मालिका र मङ्गला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने नेप्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालले बताए ।

“हाल मिलनचोक सबस्टेसनबाट ४ फिडरबाट लामो दूरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ”, उनले भने, “२० किलोमिटरसम्म  एउटा सबस्टेसनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि ८० किमीसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन भएको समस्या अब हट्ने छ ।”


Read Previous

नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने   

Read Next

वीरगञ्ज नाकाबाट १ हजार ९ सय ६३ विदेशी पर्यटक भित्रिए   

Leave a Reply

Your email address will not be published.