Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडानका लागि विशेष प्रयास गरिने


काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तरराष्ट्रिय उडान गर्ने कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् ।

नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलसँगसँग आज मन्त्रालयमा मन्त्री किरातीले सो विमानस्थलमा अन्तरराष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले प्रत्येक उडानको ५ लाख रूपैयाँ प्रोत्साहनस्वरुप दिनेगरी सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।

‘भैरहवा र पोखराबाट अन्तरराष्ट्रिय उडान जतिसक्दो छिटो गर्नेगरी हामी लागिरहेका छौँ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई प्रोत्साहनस्वरुप रु पाँच लाख प्रत्येक उडानको दिने तयारी गरिरहेका छौँ ‘ उनले भने ।

मन्त्री किरातीले नेपाल वायु सेवा निगमको जहाज भैरहवा पठाउन मन्त्रालय तयार रहेको बताए । ‘हामीसँग जहाज कम छन् तर भैरहवा र पोखराबाट उडान नगरी हुदैन । त्यसका लागि हामी तयार छौँ, तपाईंहरुजस्तो पर्यटन व्यवसायीले सकारात्मक सहयोग गर्नुहोस् ।’

उनले राज्यको ४३ अर्ब रूपैयाँ भन्दा बढी लगानी भएको भैरहवास्थित गौतमबुद्ध विमानस्थल र त्यही विमानस्थल देखेर ६५/७० अर्ब लगानी गरेको निजी क्षेत्रका बारेमा सरकार चिन्तित रहेको समेत बताए ।

मन्त्रीसँगको छलफलमा नाट्टा लुम्बिनीका अन्तरराष्ट्रिय हवाई यातायात समन्वय समितिका संयोजक सञ्जीव जोशीले भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडानको थालनी तत्काल गर्न माग गरे ।

नाट्टा लुम्बिनीका तर्फबाट नौबुँदे ज्ञापनपत्र बुझाउँदै निवर्तमान अध्यक्ष सागर अधिकारीले भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडानका लागि नेपाल वायुसेवा निगमको जहाजले थालनी गर्नुपर्नेमा जोड दिए । अधिकारिले भने, ‘नेपाल वायुसेवा निगमको जहाज भैरहवा– दिल्ली, भैरहवा–काठमाडौँ सुरु गराउनूस् हामी सिट भरेर पठाउँछौँ ।’

नाट्टा लुम्बिनीको प्रतिनिधिमण्डलले आज नै नेपाल वायुसेवा निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीलाई समेत ज्ञापनपत्र बुझाएको छ ।


Read Previous

अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट

Read Next

जलवायु सम्मेलनमा पहिलोपटक इप्पानको प्रतिनिधित्व, भण्डारी र पौडेल युएई प्रस्थान

Leave a Reply

Your email address will not be published. Required fields are marked *