Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

दूरसञ्चारको विकास डिजिटल नेपालको मेरुदण्ड हो : उपप्रधानमन्त्री खड्का


काठमाडौं ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले दूरसञ्चार क्षेत्रको विकास नै डिजिटल नेपालको मेरुदण्ड भएको बताएका छन् । ‘नेपालमा दूरसञ्चारको भविष्य र सम्भावना’ विषयक कार्यक्रममा आज उनले दूरसञ्चारको विकासले नेपालमा सहर र गाउँबीचको दूरी घटाएको बताए। उपप्रधानमन्त्री खड्काले दूरसञ्चार क्षेत्रको विकासका लागि सरकारले नीति तथा कार्यक्रममा नै स्पष्ट व्यवस्था गरेको पनि उल्लेख गरे ।

‘दूरसञ्चार क्षेत्रको विकास डिजिटल नेपालको मेरुदण्ड हो । यसर्थ, यस क्षेत्रको विकासका लागि समुचित रणनीति, यथेष्ट पूर्वाधार विकास एवम् आवश्यक जनशक्तिको विकासका लागि लगानी आजको प्राथमिकता हो । यही प्राथमिकतालाई बुझेर नेपाल सरकारले आजका नीति तथा कार्यक्रमहरूमा, योजनाहरूमा दूरसञ्चार तथा अन्य प्राविधिक क्षेत्रको विकासमा विशेष जोड दिँदै आएको छ’, उपप्रधानमन्त्री खड्काले भने ।

उपप्रधानमन्त्री खड्काले नेपालको कठिन एवम् दुर्गम भू–बनोटको अवस्थितिमा अन्य पूर्वाधारहरूको तुलनामा दूरसञ्चार बढी महत्त्वपूर्ण देखिने बताए । उनले दूरसञ्चार क्षेत्रमा द्रुतगतिले भइरहेको आधुनिक प्रविधिको विकास तथा यसको संरचनामा भइरहेको गतिशील परिवर्तनले यस क्षेत्रमा नयाँ अवसरहरू देखापर्दै आएका पनि उल्लेख गरे ।

दूरसञ्चार क्षेत्रको विकासका बारेमा अन्तर्राष्ट्रिय प्रयोग र अभ्यासलाई समेत अध्ययन गरी नेपालको परिप्रेक्ष्यमा यसको विस्तार र उपयोगलाई समग्र सामाजिक एवम् आर्थिक विकाससँगै जोडेर हेर्नुपर्ने बेला आएको पनि उपप्रधानमन्त्री खड्काको भनाइ थियो । उनले भने, ‘एक्काइसौँ शताब्दीको गतिशील परिदृश्यलाई नियाल्दा, राष्ट्रहरूको शक्ति र सामथ्र्यलाई आकार दिन दूरसञ्चारको भूमिका महत्त्वपूर्ण रहेको देखिन्छ । विविध संस्कृति र भूगोलले भरिपूर्ण नेपालको सन्दर्भमा दूरसञ्चारको विकास एउटा आमूल परिवर्तन साबित भएको छ । यसको विकासले नेपाली जनताको विकासप्रतिको उत्कट र तीव्र चाहनालाई समेत प्रतिबिम्बित गर्दछ ।’

नेपालमा दूरसञ्चार विकासको फाइदा विद्यार्थीमा पुगेको उपप्रधानमन्त्री खड्काको भनाइ थियो । यसले आर्थिक वृद्धि, सामाजिक विकास र समग्र प्रगतिका लागि नयाँ बाटो खोलेको पनि बताए । ‘शिक्षाको क्षेत्रमा दूरसञ्चारले सहरी र ग्रामीण विद्यार्थीहरूबीचको खाडललाई कम गर्दै भौगोलिक अवरोधहरू हटाई विश्वस्तरीय शिक्षामा पहुँच प्रदान गरिरहेको छ’ उनले भने, ‘टेलिमेडिसिनले स्वास्थ्य सेवामा क्रान्ति ल्याउनेछ र भौगोलिक रूपमा अलग्गिएकाहरूलाई गुणस्तरीय चिकित्सा सेवा प्रदान गर्ने अवस्था निर्माण भइरहेको छ । डिजिटल अर्थ व्यवस्था फस्टाउँदै छ, उद्यमीहरू र साना व्यवसायहरूलाई विश्वव्यापीस्तरमा समेत फस्टाउन सहयोग गर्नेछ, भन्ने हाम्रो विश्वास रहेको छ ।’

उपप्रधानमन्त्री खड्काले दूरसञ्चारले अवसरहरूसँगै चुनौतीहरू पनि ल्याएको बताए । उनले दूरसञ्चार सेवाको अवसरबाट कोही नागरिक पनि वञ्चित नहुनुपर्नेमा सरकार सचेत रहेको जानकारी दिए । दूरसञ्चारको विकासले नेपाली जनताको जीवनमा सकारात्मक प्रभाव पार्नेमा निहित हुनुपर्ने बताए ।


Read Previous

राष्ट्रिय राजमार्ग निर्माण प्रगति आवधिक योजनाको लक्ष्यभन्दा न्यून

Read Next

दीगाे पूर्वाधार निर्माणमा चुनौति थपिएकाे निष्कर्षसहित काठमाडौं घोषणापत्र जारी गर्दै इफाप्का सम्मेलन सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *