Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

माथिल्लो बलेफी आयोजनाको पिपिएमा हस्तक्षर,२०८४ बैशाखदेखि विद्युत उत्पादन


काठमाडौं । औद्योगिक घराना गोल्यान समूहको लगानीमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माण हुने ४६ मेगावाटको माथिल्लो बलेफी जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएकाे छ । नेपाल विद्युत प्राधिकरण र आयोजनाको प्रवर्द्धक अप्पर बलेफी हाइड्रोपावर कम्पनीबीच मंगलबार पिपिएमा हस्ताक्षर भएको हो ।

पिपिएमा प्राधिकरणकोतर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ तथा कम्पनीकोतर्फबाट अध्यक्ष उमेश कसजुले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा गोल्यान समूहको ऊर्जा डिभिजनका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्याल तथा प्रमुख वित्तीय अधिकृत सन्जय शाहको पनि उपस्थिती थियो ।

पिपिए अनुसार प्राधिकरणले आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि उत्पादन हुने विद्युत बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँमा खरिद गर्नेछ ।

आयोजनाले सुख्खा याममा पनि जडित क्षमताको ३० प्रतिशत विद्युत उत्पादन गर्ने हुँदा वर्षको ६ महिना बर्खाको प्रतियुनिट दर र ६ महिना सुख्खा यामको प्रतियुनिट दर पाउने भने वार्षिक ३ प्रतिशतका दरले ८ वर्षसम्म मूल्यवृद्धि पनि पाउनेछ ।

पिपिए अनुसार यो आयोजनाले २०८४ साल बैशाख २६ गतेसम्ममा विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नु पर्नेछ ।

पिपिएमा हस्ताक्षर भएसँगै अब आयोजनाको वित्तीय व्यवस्थापन गरी निर्माण सुरु गरिने प्रमुख कार्यकारी अधिकृत अर्यालले बताए । उनले माथिल्लो बलेफी आयोजनाको पिपिएमा हस्ताक्षर हुनुले स्वच्छ र दीगो ऊर्जा उत्पादनमा गोल्यान समूहले निर्धारण गरेको लक्ष्य पूरा गर्ने प्रतिबद्धताको आधार तय भएको पनि बताए ।

डिजान अनुसार आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा बर्खामा १८८.६९ गिगावाट घन्टा र हिउँदमा ८६.०१९ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सम्भव हुनेछ ।

आयोजनाले उत्पादन गर्ने विद्युत विद्युतगृहदेखि १० किलोमिटरमा दुरीमा बन्ने पाङटाङ सबस्टेसनमा लगेर जोडिनेछ ।सबस्टेसनसम्म आवश्यक पर्ने १० किलोमिटर १३२ केभी प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गर्नेछ ।

माथिल्लो बलेफी नदीको बहाव (आरओआर)मा आधारित जलविद्युत आयोजना हो । राजधानी काठमाडौंबाट १२६ किलोमिटर दुरीमा रहेको आयोजनाको ग्रसहेड ४३८.५ मिटर छ । गोल्यान समूहको लगानी रहेको ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ आयोजना यसअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

गोल्यान समूहले नवीकरणीय ऊर्जाको विकासमा लगानी गर्न ऊर्जा डिभिजन स्थापना गरी आफ्नै इन्जिनियरिङ टिम खडा गरेको छ । सन् २०३० सम्ममा राष्ट्रिय प्रसारण प्रणालीमा ९ सय मेगावाट विद्युत योगदान गर्ने गोल्यान समूहको लक्ष्य छ ।

गोल्यान समूहले माथिल्लाे बलेफीसँगै संखुवासभामा ५४ मेगावाटकाे तल्लो अप्सुवा तथा कर्णाली प्रदेशमा ४४१ मेगावाटका २ (माथिल्लो मुगु कर्णाली–३०६ मेगावाट र नाम्लाङ खोला –१३५ मेगावाट) अर्धजलाशय (पिआरओआर) आयोजना पनि निर्माण गर्दैछ । जर्मनीको ट्र्याकबेल इन्जिनियरिङले यी आयोजनाको विस्तृत अध्ययन गर्दैछ ।

गोल्यान समूहले यसअघि बाँकेमा १० मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गरी प्रसारण प्रणालीमा जोडिसकेको छ । अर्को १० मेगावाटको सौर्य विद्युत आयोजना पनि प्रसारण प्रणालीमा जोडिँदैछ । यो समूहले अबको २ वर्षमा ४० मेगावाटका सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।


Read Previous

बन्दीपुरमा केबुलकार र पाँचतारे होटल

Read Next

पनौती–सम्पदा चिनाउन ‘पथ प्रदर्शक’

Leave a Reply

Your email address will not be published.