Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

प्रस्तावित विद्युत् विद्येयकमा भएको प्राधिकरण खण्डिकरणको व्यवस्था हटाउन कर्मचारी संगठनको माग


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कर्मचारी संगठनहरुले प्रस्तावित विद्युत् विद्येयकमा भएको प्राधिकरण खण्डिकरणको व्यवस्था हटाउन सरकारसँग माग गरेका छन ।

सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै प्राधिकरण मातहत उत्पादन, प्रशारण र वितरण कम्पनी हुने गरी व्यवस्था गर्नुपर्ने उल्लेख छ । साथै प्राधिकरण संचालक समितिले पारित गरेको कर्पोरेट प्लानको आधारमा प्रस्तावित विद्युत विद्येयकमा प्राधिकरणलाई छाता संस्थाको रुपमा राख्नुपर्ने माग गरेका छन् । ‘अन्यथा हामी चरणबद्ध रुपमा कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरू गर्न बाध्य हुनेछौ । यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं नेपाल सरकार हुने व्यहोरा समेत अनुरोध गर्दछौँ’ विज्ञप्तिमा उल्लेख छ ।

कर्मचारी संगठनहरुले विद्युत सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्ने बनेको विधेयकको बारेमा सरोकारवाला पक्षहरूसँगको कुनै छलफल नगरेकोमा पनि असन्तुष्टि जनाएका छन । छलफल विना नै मन्त्रीपरिषद्बाट स्वीकृत भई मिति २१ असोजमा संघीय संसदमा दर्ता भएकोमा पनि गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन ।

उनीहरुले नेपाल विद्युत प्राधिकरणले हालसम्म गरिरहेको विद्युतको उत्पादन, प्रशारण र वितरणको भूमिकालाई प्रस्तावित विद्युत विद्येयक २०८० को व्यवस्थाले बञ्चित गरेको कर्मचारी संगठनहरुको ठहर छ ।

संगठनहरुले आफ्नो निहित स्वार्थ पूर्ति गर्न विभिन्न समयमा जलमाफियाहरूको प्रभावमा परि नीति निर्माताहरूले प्राधिकरणलाई विखण्डन गर्न पटक पटक गरेका प्रयास सफल हुन नदिएको उल्लेख गरेका छन् । माग प्रस्तुत गर्ने कर्मचारी संगठनहरुमा कर्मचारी कल्याण परिषद, कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी संघ आधिकारीक ट्रेड युनियन रहेका छन् ।


Read Previous

सुरु भएको आठ वर्षमा अझै सकिएन गल्छी–मैलुङ सडक

Read Next

नेपाल अन्तराष्ट्रिय व्यापार मेला मंसिर १४ देखि शुरु हुने, स्टल बुकिङ खुला

Leave a Reply

Your email address will not be published. Required fields are marked *