Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

ट्रंक लाइन र डेडिकेटेड फिडरको बक्यौता १५ दिनभित्र तिर्न ताकेता,नतिरे कारबाही गरिने


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विगतमा ट्रंक लाइन र डेडिकेटेड फिडरबाट सेवा लिए बापतको विद्युतको बाँकी बक्यौता १५ दिनभित्र तिर्न ताकेता गरेको छ । प्राधिकरणले आइतबार सूचना जारी गरी २ साताभित्र ट्रंक लाइन र डेडिकेटेड फिडरको सम्पूर्ण विद्युत बक्यौता तिरिसक्न उपभोक्तालाई ताकेता गरेको हो ।

अहिलेसम्म ट्रंक लाइन र डेडिकेटेड फिडरबाट विद्युत सेवा लिई महसुल नतिर्ने उपभोक्तालाई विद्युत प्राधिकरण, विद्युत वितरण नियमावली,२०७८ को विनियम २८ बमोजिम किस्ताबन्दीमा सम्बन्धित वितरण केन्द्रमा गएर बक्यौता बुझाउन सूचनामार्फत आग्रह गरिएको छ ।

‘सम्बन्धित वितरण केन्द्रले विद्युतको बक्यौता महसुल बुझाउन पटक–पटक ताकेता गरी पत्रचार गरिएकोमा अहिलेसम्म पनि बक्यौता रकम उठेन,’ सूचनामा भनिएको छ,‘आजको मितिले १५ दिनभित्र बक्यौता महसुल बुझाउन सूचनामार्फत आग्रह गर्दछौं ।’

तोकिएको अवधिभित्र बक्यौता नबुझाएमा विद्युत महसुल संकलन विनियमावली,२०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही गरिने पनि प्राधिकरणले चेतावनी दिएको छ ।

प्राधिकरणका अनुसार २०७२ साउनदेखि २०७७ जेठसम्मको अवधिमा ट्रंक लाइन र डेडिकेटेड फिडरको विद्युत बक्यौताको जरिवानासहितको २० अर्ब रुपैयाँ बढी उठाउन बाँकी छ ।

विद्युत प्राधिकरणले लामो समयदेखि विद्युत बक्यौता तिर्न ताकेता गर्दै आएको भए पनि उपभोक्ताले लोडसेडिङको समयमा ट्रंक लाइन र डेडिकेटेड फिडरको सेवा लिएका केही उपभोक्ताले बक्यौता तिर्न अटेर गर्दा विवाद हुँदै आएको छ ।


Read Previous

लुम्रे–सिदिङ सडकको पहिरो नपन्छाउँदा स्थानीयवासी समस्यामा

Read Next

गडिगाउँस्थित चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

Leave a Reply

Your email address will not be published.