Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

एचआईडीसीएल अबकाे लक्ष्य ‘दिगो ऊर्जाका लागि वित्त’


काठमाडौं । जलविद्युत विकासमा लगानी गर्ने उद्देश्यले स्थापित हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले दिगो ऊर्जाका लागि वित्त (फाइनान्स फर सस्टेन्एवल इनर्जी) नारा अघि बढाएको छ ।

कम्पनीले आफ्नो १२ औ बार्षिकउत्सवको अवसरमा सो नारा अघि सारेको हो । नाराको सार्वजनिक गर्दै ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सचिव एवं कम्पनी सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार घिमिरेले स्वच्छ र हरित ऊर्जा प्रवद्र्धनका लागि कम्पनीले नयाँ नारा अघि सारेको र अब कम्पनीले यसमा लगानी गर्ने बताए । हालसम्म ५१ अर्ब बराबरको लगानी प्रतिवद्धता गरिसकेको बताउँदै उनले नेपालमा उत्पादित बिजुली छिमेकी राष्ट्रहरुमा व्यापार हुनु यस क्षेत्रका लागि सकारात्मक भएको बताए ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष एवं कम्पनीका संस्थापक अध्यक्ष बालानन्द पौडेलले ऊर्जामा लगानी अभाव भईरहेको बेला लगानीमै समर्पित संस्थाको रुपमा अघि बढ्नुपर्ने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले १८ वटा जलविद्युत आयोजनामा कूल २१ अर्ब २ करोड रुपैयाँ ऋण तथा १२ जलविद्युतसँग सम्बन्धित कम्पनी तथा आयोजनाहरूमा करिब ५ अर्ब ३४ करोड सेयर लगानी सहित ३० वटा आयोजनामा २६ अर्ब ३६ करोड लगानी पुगेको जानकारी दिए । उनका अनुसार, आर्थिक वर्ष २०७९÷८० मा सेयर लगानीतर्फ ५९ करोड र ऋण लगानीतर्फ २ अर्ब ८६ करोड गरी ३ अर्ब ४५ करोड रुपैयाँ थप लगानी प्रवाह भएको छ भने १ अर्ब ४४ करोड खुद मुनाफा हुने अनुमान गरिएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५२ प्रतिशतले बढी हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको धेरै जलविद्युत आयोजनामा लगानी गर्न सुरु गरिएको बताउँदै यसले जलविद्युत आयोजना विकासमा सहयोग पुग्ने बताए । निजी प्रर्वद्धक भानु पोखरेलले कम्पनीले निजी क्षेत्रले निर्माण गरेका आयोजनालाई विशेष प्राथमिकता दिनुपर्ने बताए ।


Read Previous

एचआइडीसीएललाई अवसरसँगै चुनौती र जोखिम

Read Next

हिमालय एयरलाइन्सले सुरु गर्यो इन्टरनेट बुकिङ

Leave a Reply

Your email address will not be published.