Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

२० हजार २ सय हेक्टर जमिनमा पुग्यो सिक्टाको पानी


राँझा । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पानीले यस वर्ष बाँकेको २० हजार २ सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ । आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट चार हजार दुई सय गरी २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको आयोजनाका सूचना अधिकारी इन्जिनियर विशाल यादवले जानकारी दिए ।

बाँकेको करिब ४३ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आर्थिक वर्ष २०६२/६३ देखि सिक्टा सिँचाइ आयोजना निर्माण थालिएको थियो । आयोजना सुरु भएको करिब दुई दशकमा लक्ष्यको ५० प्रतिशत क्षेत्रमा सिँचाइ पुग्न थालेको छ ।

आयोजनाका सूचना अधिकारी यादवका अनुसार ३९ किलोमिटर पूर्वी नहर र सोअन्तर्गतका छ शाखा नहरको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । अहिले पूर्वी नहरअन्तर्गत नरैनापुर गाउँपालिकाको क्षेत्रसम्म पानी पुगेको छ । राप्तीसोनारी गाउँपालिका–६ का वडा सदस्य नरबहादुर पुनले नहरमा नियमित पानी बगेपछि यस वर्ष बेलैमा धानको बीउ रोप्न पाएको बताए । फत्तेपुरमा सिक्टा सिँचाइको पानी बगेपछि आकाशे पानीको भरमा खेती गर्ने बाध्यता अब समाप्त भएको उनको भनाइ छ ।

राप्ती सोनारी–७ का वडाध्यक्ष रामलखन थारूले सिक्टा सिँचाइको पानी फत्तेपुर क्षेत्रका लागि बरदान भएको बताए । उनले गत वर्षदेखि नै सिक्टा सिँचाइको पानी उपयोग गरी किसानले बेलैमा धानको बीउ रोप्नाका साथै तरकारी खेतीसमेत गर्न सफल भएको उल्लेख गरे । राप्ती सोनारीको अगैयास्थित राप्ती नदीमा तीन सय १७ मिटर ब्यारेज निर्माण गरी बाँकेकोे ४२ हजार सात सय ६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्य लिई नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरबाट राप्ती नदीे पश्चिम भेगको ३३ हजार सात सय ६६ हेक्टर जमिन र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब नौ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको छ ।

पश्चिमी नहरको सिँचाइले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका किसानले समेत यस वर्ष समयमै धान रोपाइँ गर्न पाएको कोहलपुर–१५ का स्थानीय अगुवा सन्तराम थारूले बताए । उनले नहरमा नियमित पानी बगेपछि किसानले मोटरको प्रयोग गरी पानी तानेर पनि आफ्नो खेतबारी सिँचाइ गरेको जानकारी दिए ।  किसानलाई आवश्यकताअनुसार माग हुनासाथ नहरमा पानी छाडिदिने गरेको इन्जिनियर यादवको भनाइ छ । सिँचाइ सुविधा भएपछि किसानले तीन बाली लगाउन सक्ने भएका छन् । अहिले पश्चिमी मूल नहरअन्तर्गत शाखा नहर विस्तारको काम भइरहेको छ ।

पूर्वी नहरअन्तर्गत नरैनापुर क्षेत्रमा विस्तारका लागि आवश्यक तयारी गरिएको छ । बस्तीभन्दा बाहिर वन क्षेत्रबाट नहर लैजानुुपर्ने स्थानीयको मागअनुसार आवश्यक अध्ययन भइरहेको इन्जिनियर यादवले बताए । आकाशे पानीको भरमा खेती गर्दै आएका नरैनापुरवासीले गत वर्ष बर्सात नभएका कारण धान रोप्न नपाएकाले पनि अहिले नहर निर्माणप्रति चासो र चिन्ता देखाएको स्थानीय अगुवा सोहनलाल यादवले बताए ।

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गरी बाह्रैमास किसानलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्यका साथ काम भइरहेको बताए । उनले नरैनापुर क्षेत्रमा नहर विस्तारका लागि सहमति जुटिसकेकाले सोही अनुरुप काम सुरु हुने विश्वास गर्दै आवश्यक समन्वयका लागि आफूले पहल गरिरहेको जानकारी दिए ।

सिक्टा सिँचाइ आयोजनाका लागि आगामी आव २०८०/८१ मा  ८० करोड रूपैयाँ विनियोजन भएको छ । आगामी आवमा यो बजेटबाट सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरको नियमित मर्मत गरी सञ्चालनलाई निरन्तरता दिइनाका साथै पूर्वी मूल नहरतर्फको ३९ किलोमिटर नहर सञ्चालनमा ल्याई थप ५३ किलोमिटरसम्मको निर्माण कार्यको सुुरुआत गरिने आयोजनाले जनाएको छ । रासस


Read Previous

पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ

Read Next

उपत्यकामा आठ लाख ७६ हजार सवारी साधन कारबाही

Leave a Reply

Your email address will not be published.