Nepal Purbadhar

वन मन्त्रीले इप्पानसँग भने–‘वनले विकासलाई रोक्यो भनेर गुनासो सुनिरहँदा दुःख लाग्छ’


काठमाडौं । वन तथा वातावरण मन्त्री डा. बीरेन्द्र प्रसाद महतोले विकास निर्माणमा वन क्षेत्रले अवरोध गरेका भनेर सबै तिरको कुरा सुन्दा दुःख लागेको बताएका छन् ।

वन तथा वातावरण मन्त्री डा. महतोलाई भेट्न पुगेका स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का प्रतिनीधिसँग उनले वन विकासका लागि बाधक नबन्ने बताए । ‘धेरैले वनको कारणले विकास निर्माण हुन सकेन भनेर गुनासो गर्नुहुन्छ, मलाई यस्तो कुरा सुनेपछि दुःख लाग्छ, वन विकासका लागि बाधक बन्नुहुन्न भन्ने पक्षमा म छु ।’ उनले भने, ‘जलविद्युत लगायतका अन्य विकास निर्माणका आयोजनाको सहजीकरणका लागि म सक्रिय हुन्छु ।’

वन मन्त्री डा. महतोले विकास निर्माणका लागि वन, वातावरण क्षेत्रमा गर्नुपर्ने ऐन शंसोधन लगायतका लागि आफू सक्रिय रहने र विकास निर्माणको काममा वनबाट कुनै अवरोध नहुने उनले बताए ।

इप्पान अध्यक्ष गणेश कार्कीले वनको कारणले गर्दा जलविद्युत र प्रसारण लाइन निर्माणमा समस्या भईरहेको बताउँदै यसलाई जतिसक्दो छिटो यसको समाधान गर्न आग्रह गरे ।

बरिष्ठ उपाध्यक्ष मोहन डाँगी, उपाध्यक्ष रामप्रसाद आचार्य, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाशचन्द्र दुलाल, सचिव विक्रम विष्ट, सदस्य शंकर बस्याल लगायतले अहिले संसदमा प्रस्तुत गरेको केही नेपाल ऐन शंसोधनमा रहेका व्यवस्थाले जलविद्युत आयोजना निर्माणमा अवरोध पुग्ने बताउँदै यसको सुधारका लागि आग्रह गरेका थिए । उनीहरुले जलविद्युत लगायतका विकास निर्माणमा उपयोग गर्ने वन क्षेत्रको स्थायी र अस्थायी रुपमा प्रयोग हुने जग्गालाई एकै किसिमको नियमले व्यवसायी मारमा परेको बताएका थिए ।

Facebook Comments

Read Previous

बत्तीमुनिको अँध्यारोमा बागलुङको पर्यटन

Read Next

मध्यपहाडी राजमार्गः बिहुँ–घोडाबाँधे खण्डको ठेक्का रद्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar