Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

बागमती करिडोरका सडककाे मर्मत हुँदै


काठमाडौं । राजधानी काठमाडौंका मुख्य सडकको जाम कम गर्न निर्माण गरिएको बागमती करिडोर सडककाे विभिन्न स्थानमा  मर्मत तथा स्तराेन्नतिकाे काम अघि बढाइएको छ । करिडोरका कतिपय खण्डमा ट्र्याक खोल्न नै बाँकी रहेकाे हुँदा कतिपय खण्डमा पहिले बनिसकेका सडक भत्कन थालेकाले मर्मत सम्भार अघि बढाइएको हो ।

चालू आर्थिक वर्षमा बागमती करिडोरमा झण्डै आठ किलोमिटर सडकमा कालोपत्र थप्ने काम (ओभर ले) गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी एवं इञ्जिनियर कमल अर्यालले बताए ।

ललितपुरतर्फ बल्खु पुलबाट कालोपुलसम्म सडकमा ‘ओभर ले’ भइरहेको छ । मनोहरा दोभानबाट तीनकुनेको पुलसम्म, गोठाटार पुलबाट गोकर्णसम्म र जोरपाटीको पुल हुँदै माकलबारीसम्म पनि मर्मतको काम भइरहेको उनले बताए । “बढी बिग्रिएको सडकमा मर्मत भइरहेको छ,”उनले भने ।

विगतमा अरु निकायले पुल बनाएकामा त्यसको मुनिको सडक (अण्डर पास) खुलाउने काम पनि भइरहेको समितिले जनाएको छ । तीनकुने पुल र भत्केको पुल दुवैमा अहिले पुलमुनि सडक निर्माण भइरहेको इञ्जिनीयर अर्यालले बताए ।

तीनकुने पुलमा मुनि दुवैतर्फ अण्डरपासको काम भइरहेको छ । त्योभन्दा माथि भत्केको पुलमा पनि देब्रेतर्फ अण्डरपासको काम भइरहेको उनले बताए । समितिले करिडोर निर्माण, मर्मत, ढल बिच्छ्याउने, पार्क निर्माणलगायतका काम सँगसँगै अघि बढाइरहेको छ । तीनकुने पुलबाट तल्लो भागमा पार्कको निर्माण भइरहेको उनले बताए ।

बागमती करिडोर निर्माण सुरु भएको साढे दुई दशक भइसकेको छ । करिडोर कतिपय स्थानमा सम्पन्न भइसकेका छन् भने कतिपय ट्र्याक मात्रै खुल्दा पनि सवारीसाधन चल्न थालेका छन् ।

खासगरी जोरपाटीबाट गौशालासम्म र दोभानबाट बल्खु खण्डमा सवारीसाधनको चाप बढी रहेको पाइएको छ । जम्मा ४४ किलोमिटर लम्बाईको सो करिडोरको शुरुको विन्दु बागमती नदीको उद्गम स्थान बागद्वार हो भने अन्तिम विन्दु रातो मछिन्द्रनाथको जात्रासँग सम्बन्धित कटुवाल दह रहेको छ । सुरु र अन्तिम विन्दुतर्फ भने ट्र्याक खोल्ने काम भइसकेको छैन ।


Read Previous

विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ: मन्त्री ज्वाला   

Read Next

छुजुङ खोला अर्धजलाशय आयोजनाको विस्तृत अध्ययन हाइड्रो कन्सल्टले गर्ने

Leave a Reply

Your email address will not be published.