Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

धादिङको गणेश खोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द   


मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो (मङ्गलबार) दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग बुधबार १२ बजेदेखि फेरि बन्द भएको हो ।

धुनिबेँसी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुबै तर्फी सवारी आवागमन बन्द भएको छ । नयाँ पुल निर्माणको लागि फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशन भएको जमिन भासिन पुगेको हो ।

त्यही जमिन भासिएको ठाउँमा ग्याविन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो । अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन् । एकतर्फी सडक संचालनमा ल्याइए पनि हिजैदेखि जोखिम भने टरेको थिएन ।


Read Previous

नर्जाखानी गाउँका बासिन्दालाई पुलकै चिन्ता   

Read Next

निगमले यो पटक पेट्रोलियम पदार्थकाे मूल्य समायोजन नगर्ने, १२ अर्ब बढी बक्यौता तिर्न बाँकी

Leave a Reply

Your email address will not be published.