काठमाडौं । सरकारले देशका विभिन्न थप ८ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने भएको छ। शुक्रबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा ८ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको बताइन् ।
यसरी औद्योगिक ग्राम घोषणा गरिने ठाउँहरूमा लिखु गाउँपालिका ४, काभ्रेपलान्चोकको मण्डनदेउपुर ६ र बेथानचोक २, म्याग्दीको रघुगंगा २, जुम्लाको तातोपानी गाउँपालिका २, पाल्पाको रिब्दिकोट ३, गुल्मीको रुरु क्षेत्र ४, दार्चुलाको अपि हिमाल ४ छन् ।
प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम सञ्चालनमा ल्याउने सरकारको लक्ष्य छ।
Tags: #औद्योगिक ग्राम