Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

खानेपानी माफियाको अन्त्य गछौं -खानेपानी मन्त्री


बाँके । बाँके जिल्लामा अवस्थित राप्ती खानेपानी फिल्टर स्टेसन योजनाको निरिक्षण खानेपानी मन्त्री अब्दुल खानंले गरेका छन् ।
निरिक्षणको क्रममा मन्त्री खानंले अब छिट्टै खानेपानीमा रहेका माफियाहरूको अन्त्य हुने बताएका छन् । खानेपानी नै जिवन हो तर व्यवसायको नाममा खानेपानी बिक्रिवितरण गर्ने क्रममा जनता लुट्न नपाइने उनको भनाइ छ ।

खानेपानी विनाको जीवनको कल्पना समेत गर्न नसकिने बताउदै मन्त्री खाँनले भने अब सरकारले पनि खानेपानी बोटल र जारबाट खानेपानी उत्पादन गर्ने योजना बनाइ कार्यन्वयन गर्ने बताए ।

कर्मचारीलाई खानेपानी जनताको घर सम्म सहजरूपमा वितरण गर्न निर्देशन दिएका छन् । खानेपानी जनताको मौलिक हकमा नै पर्ने हुदाँ जनताको अधिकारसंग कसैले खेलवाड गर्न नहुने यदि खेलवाड गरेको पाइएमा जोकोहिलाई पनि कार्वहिको दायरामा ल्याइने बताए । इमान्दारीका साथ काम गर्न कर्मचारीलाई मन्त्री खानले निर्देशन दिएका छन् ।

विभिन्न प्रदेशमा रहेका खानेपानी तथा खानेपानी फिल्टर स्टेसन योजनाहरूलाइ प्रभावकारी रूपमा जनताले महशुस गर्ने गरि कार्यन्वयन गर्ने मन्त्री खानले बताए ।


Read Previous

अध्ययन र विकल्पबिनाको ज्यादति भन्दै कामपा मेयरको विरोध

Read Next

माथिल्लो कालंगागाड प्रसारण प्रणालीमा जोडियो,१३ मेगावाट विद्युत उत्पादन

Leave a Reply

Your email address will not be published.