Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

कावासोती नगरपालिकाले सुरु गर्याे विकास र रोजगारी कार्यक्रम


त्रिवेणी । नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिकाले विकासलाई रोजगारसँग जोड्न आयोजना सञ्चालन गरेको छ । नगरपालिकाले नगरभित्रका १७ वटा वडामा श्रममूलक सार्वजनिक विकास आयोजना सञ्चालन गरेको हो ।

श्रमलाई जोडेर विकास निर्माणका काम गर्ने गरी १२ करोड ६० लाख रुपैयाँ बराबरका ८७ वटा आयोजना छनोट गरी काम अघि बढाइएको नगरपालिकाका रोजगार संयोजक मुकुन्द सापकोटाले जानकारी दिए । नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत श्रममूलक आयोजना छनोट गरी काम अघि बढाइएको उनले बताए ।

नगरपालिकाभित्रका १७ वटै वडामा श्रममूलक आयोजना छनोट गरिएको र त्यस्ता आयोजनामा नगरपालिकामा सूचीकृत बेरोजगार साथै उक्त आयोजनाका लागि सम्बन्धित वडामा कामदार सूचीकरणमा नाम दर्ता गरेकालाई रोजगार प्रदान गरिएको पनि उनले बताए । उनका अनुसार चालू आर्थिक वर्षका लागि कावासोती नगरपालिकामा ८ सय ३ जना सूचीकृत बेरोजगार रहेका छन् । उनीहरूलाई आवश्यक र क्षमता हेरी श्रममूलक आयोजनामा रोजगार प्रदान गरिएको छ ।

नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत छनोट भएका श्रममूलक आयोजनाको कूल खर्चमा कम्तीमा ५० प्रतिशत श्रम तथा ज्यालामा खर्च गर्नुपर्ने रोजगार संयोजक सापकोटाले बताए । “आयोजनाको लक्ष्यनै रोजगार सिर्जना गर्ने र सँगै विकास निर्माणका काम अघि बढाउने रहेको छ”, सापकोटाले भने ।

कोभिडसँगै धेरैले रोजगार गुमाएकाले सामान्यतया विकास निर्माणमा श्रममूलक रोजगारीको सिर्जना गर्दै त्यस्ता व्यक्तिको आर्थिक पुनरोत्थानका लागि यस प्रकारको आयोजना अघि बढाइएको उनले बताए । कावासोती नगरपालिकामा हाल छनोट भएका ८७ वटा आयोजनामा खोला तटबन्धन, नाला निर्माण, खानेपानीको पाइप लाइन विस्तार, सिँचाइ कुलो निर्माण, पार्क निर्माण, सार्वजनिक भवनमा पर्खाल निर्माणलगायत छन् ।

नगरपालिकाभित्रका विकास निर्माणका काम अघि बढाउँदै गर्दा रोजागरीसमेतसँगै सिर्जना होस् भनेर आफूहरुले यस्ता खालका आयोजना सञ्चालन गरेको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताए । विकास निर्माणका कामसँगै स्थानीयस्तरमा रोजगार सिर्जनालाई आफूहरुले प्राथमिकता दिएको नगर प्रमुख भुसालले बताए ।

“नगरका योजना सञ्चालन हुँदा स्थानीयस्तरमा रोजगार सिर्जना गर्नसके हाम्रो श्रम हाम्रै योजनामा प्रयोग हुन्छ, यसले एकातर्फ स्थानीय सरकारप्रतिको जनताको विश्वास बढ्छ, अर्कोतर्फ विकास निर्माणका कामसँगै अघि बढ्छन्” नगर प्रमुख भुसालले भने ।

उनका अनुसार यी आयोजनामा खर्च हुने रकमको ५० प्रतिशत अर्थात ६ करोड ३० लाख रुपैयाँ काम गर्ने कामदारले ज्यालाबापत प्राप्त गरिनेछ । यसले यस आयोजनामा काम गर्नेको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास लिइएको उनले बताए ।


Read Previous

पर्यटकीय स्थल पाँचपोखरीकाे सफाइ,५ सय किलो फोहर उठ्याे

Read Next

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि योग्य   

Leave a Reply

Your email address will not be published. Required fields are marked *